'वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष'

'वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष'

काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय ।
  • बैशाख १, २०८१ शनिबार २०:३९

नेपाल पत्रकार महासंघले गत वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । नयाँ वर्ष २०८१ का अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रोसन पुरीले २०८० मा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएको जनाएका छन् । 

महासंघमा पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुर्व्यवहार गर्ने, आक्रमण गर्ने, गिरफ्तारी गर्ने, सूचना संकलनमा अवरोध गर्ने जस्ता घटना महासंघमा अभिलेख भएका छन् । २०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने २०७८ मा ७४ घटना भएका थिए ।

महासचिव पुरीले समग्र पत्रकारिता क्षेत्रमा विभिन्न खालका चुनौती आइपरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 'विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन्', विज्ञप्तिमा भनिएको छ, 'महासंघमा दर्ता भएका श्रम समस्याहरू विस्तारै हल हुँदै गएपनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता छ ।' सञ्चार क्षेत्रमा देखिएको गम्भीर खालको आर्थिक संकटसँग जुध्ने र प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने चुनौती रहेको विज्ञप्तिमा उल्लेख छ ।

fnj data.png

'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटना गत वर्षको तुलनामा बढेका छन् । आम सञ्चार नीतिलाई कार्यान्वयन गर्न बन्नुपर्ने कानुनी मस्यौदा अपेक्षाकृत अगाडि बढ्न सकेका छैनन् । तीनवटै तहका सरकारले बनाएका र बनाउने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन थप दबाब दिन आवश्यक छ', विज्ञप्तिमा भनिएको छ । 

महासंघले वैशाख २१ र २२ गते लुम्बिनीमा हुने महाधिवेशनलाई पत्रकारितामा देखिएको सङ्कटका विषयमा केन्द्रित गरेको छ । पत्रकारिता क्षेत्रमा देखिएको संकटका विषयमा गम्भीर छलफल गर्ने र त्यसका निष्कर्षलाई कार्यान्वयन गर्ने महासंघको योजना छ । 
२०८० मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको उल्लेख गर्दै पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनलगायतका कानुन कार्यान्वयनको प्रत्याभूति गर्न महासंघले माग गरेको छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८