गोरखापत्र संस्थान र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष नहटाउन अन्तरिम आदेश

गोरखापत्र संस्थान र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष नहटाउन अन्तरिम आदेश

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाह ।
  • बैशाख ५, २०८१ बुधबार १८:१९

गोरखापत्र संस्थान र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले वैशाख २ गते (आइतबार) गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहलाई पदबाट नहटाउन सरकारका नाममा अलगअलग अन्तरिम आदेश जारी गरेको हो । 

सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई तथा शाहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । 

सुवेदी २०७८ असोज १२ गते चार वर्षका लागि गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए भने शाह २०७८ माघ २१ गते नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । दुबैजनालाई गत चैत २३ गते सरकारले सात दिने स्पष्टीकरण सोधेको थियो ।

पछिल्लोपटक एमालेसहित नेकपा माओवादी केन्द्रको गठबन्धन बनेपछि उनीहरूलाई सरकारले स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनीहरू अलगअलग रिट लिएर सर्वोच्च पुगेका थिए ।   

संस्थाभित्र भएका सुधार एवं कार्य प्रगतिलाई उपेक्षा गर्दै अपारदर्शी ढंगले कार्यसम्पादन मूल्यांकन गरी पक्षपातपूर्ण ढंगले कम अंक दिएर आफूहरुलाई जबरजस्ती असफल देखाउने प्रयास भएको उनीहरूको दाबी छ । 

सञ्चार संस्थान ऐन, २०२८ को दफा १०(३क) बमोजिम दुबै पदहरूको कार्यावधि चार वर्षको हुने कानुनी व्यवस्था सर्वोच्चले सम्झाएको छ । 

“...सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा १३ को उपदफा (१) को खण्ड (घ) को प्रतिबन्धात्मक वाक्यांश समेतका आधारमा सफाई पेश गर्न भनिएकोमा निवेदकलाई हटाउने सम्बन्धमा सम्बन्धित ऐनमा भएको कानुनी व्यवस्था अवलम्वन गरेको देखिएन”, दुबै रिटमा जारी अन्तरिम आदेशमा भनिएको छ । 

सुवेदी र शाहले मन्त्रालयमा गरेका कार्यसम्पादन सम्झौता बमोजिमको कार्यसम्पादनस्तर अति कमजोर रहेको दाबी सरकारले गरेको थियो । तर उक्त सम्झौताको दफा ५ बमोजिम आवधिक रुपमा पेश गरेको भनी मिसिल सामेल गरेको मूल्याङ्कित फाराम र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त मिसिल संलग्न मूल्याङ्कित फाराम फरक परेको अदालतले ठहर गरेको छ । 

“...उक्त सम्झौताको दफा ५ बमोजिम आवधिक अनुगमन मूल्यांकन समेत भएको नदेखिएको स्थितिमा सुविधा र सन्तुलन समेतलाई विचार गर्दा निवेदकलाई सोधेको सफाई पेश गर्ने सम्बन्धी पत्र तथा निवेदकले पेश गरेको स्पष्टीकरणलाई आधार लिई निवेदकलाई पदबाट हटाउने सम्मको कार्य गर्नुपर्ने अवस्था प्रथम दृष्टि (Prima Facie ) मा देखिन नआएकाले प्रस्तुत निवेदनको अन्तिम किनारा नभएसम्म वा निजको पदावधि समाप्त नभएसम्म उल्लिखित पत्र तथा निवेदकले पेश गरेको स्पष्टिकरणका आधारमा मात्र निवेदकलाई पदबाट हटाउने सम्मको कुनै कार्य नगर्नू नगराउनु…”, अन्तरिम आदेशमा भनिएको छ । दुबै मुद्दाको पूर्ण सुनुवाईका लागि जेठ १४ गते पेशी तोकिएको छ । 

गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीका पक्षमा अन्तरिम आदेशः

Gorkhapatra 1.png

Gorkhapatra 2.png

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षका पक्षमा अन्तरिम आदेशः

NTV1.jpg

Gorkhapatra 2.png


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८