न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग

  • बैशाख १७, २०८१ सोमबार २२:२५

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख १६ गते गोरखापत्र दैनिकमा सूचना निकालेर अध्यक्ष पदको लागि आवेदन माग गरेको हो ।

नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा आवेदन बुझाउनुपर्ने हुन्छ । आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

यी योग्यता पुरा गरेका व्यक्तिले दिन पाउँछन् आवेदनः

१. दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको।

२. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह उत्तीर्ण गरेको ।

३. कानुन बमोजिम दर्ता भएको सञ्चार माध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको वा आमसञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा कम्तिमा सात वर्षको अनुभव भएको ।

४. कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड समिति, आयोग, प्रतिष्ठान, वा सार्वजनिक कम्पनीको सेवामा रहेको वा सेवाबाट अवकाश प्राप्त दुवै व्यक्तिको हकमा कम्तीमा अधिकृत स्तरको पदमा काम गरेको ।

५. पत्रकार आचारसंहिता उल्लङ्घन अन्तर्गत सजाय नपाएको ।

६. प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको ।

७. शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रको हकमा नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्ने ।

८. दरखास्त पेस गर्ने अन्तिम म्याद यो सूचना प्रकाशित भएको मितिले सात दिन सो दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र ।

९. दरखास्त बुझाउने स्थान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शास्त्रा, सिंहदरबार ।

१०. उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नियुक्तिका लागि सिफारिस गरिनेछ ।

११. रीत नपुगी आएको र समयभित्र प्राप्त नभएको दरखास्त उपर कुनै कारवाही गरिनेछैन ।

१२. दरखास्त साथ उम्मेदवारले आफ्नो योग्यता समेत स्वघोषणा पेस गर्नुपर्नेछ। स्वःघोषणाको ढाँचा मन्त्रालयको वेबसाइट www.mocit.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

दरखास्त पेसगर्दा संलग्न गर्नुपर्ने कागजातहरूः

(क) नियुक्ति हुन चाहेको व्यहोरा खुल्ने दरखास्त,

(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ग) योग्यता समेत खुल्ने व्यक्तिगत विवरण (Bio data),

(घ) शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षताको प्रमाणपत्र समेत).

(ङ) अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि (सेवा अवधि खुल्ने गरी),

(च) नेपाली वा अङ्ग्रेजी भाषामा A4 Size कागजमा तयार गरिएको बढीमा ५,००० शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना (कम्प्युटर टाइप गरिएको पहिलो पाना (Cover Page) को सबैभन्दा माथि आफ्नो नाम लेखिएको र अन्य कहीं पनि नाम वा आफूलाई चिनाउने कुनै सङ्केत नभएको),

(छ) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको/नभएको स्वः घोषणा,

(ज) पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सोको प्रतिलिपि । शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रको हकमा नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्ने ।

समितिको काम के हो ?

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारमाध्यममा कार्यरत पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण गर्ने, समयअनुसार पुनरावलोकन गरेर नेपाल सरकारलाई सिफारिस गर्ने र पत्रकारले पाउनुपर्ने अन्य सेवासुविधा पाएका छन् कि छैनन् अनुगमन गरी प्रतिवेदन पेश गर्ने काम गर्दछ ।

श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ (पहिलो संशोधन– २०६४) को दफा ११ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन भएको थियो । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट २०६४ भदौ २८ गते समिति गठन भएको हो । 

Minimum Wage Fixtation Comittee.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८