न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा फेरि खड्का

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा फेरि खड्का

  • जेठ ३, २०८१ बिहीबार २१:२१

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा सङ्गीता खड्का दोहोरिएकी छिन । सिंहदरबारमा जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्गीता खड्कालाई अध्यक्ष नियुक्त गरेको जानकारी दिइन् ।

मन्त्रालयले वैशाख २७ गते सूचना जारी गरेर मेगराज खड्का, सङ्गीता खड्का, डा. मधुसुधन न्यौपाने, सोम प्रसाद डोटेल र फणिन्द्र फुयालको आवेदन स्वीकृत भएको जानकारी दिएको थियो ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख १६ गते गोरखापत्र दैनिकमा सूचना निकालेर अध्यक्ष पदको लागि आवेदन माग गरेको थियो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारमाध्यममा कार्यरत पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण गर्ने, समयअनुसार पुनरावलोकन गरेर नेपाल सरकारलाई सिफारिस गर्ने र पत्रकारले पाउनुपर्ने अन्य सेवासुविधा पाएका छन् कि छैनन् अनुगमन गरी प्रतिवेदन पेश गर्ने काम गर्दछ ।

श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ (पहिलो संशोधन– २०६४) को दफा ११ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन भएको थियो । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट २०६४ भदौ २८ गते समिति गठन भएको हो । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८