कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नागरिकता विवादको विषयमा जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जीका लागि प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेका अनुसार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो ।
गत वैशाख १६ गते सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
यदि तपाई कैलाश सिरोहियाको नागरिकता विवादका बारेमा अनविज्ञ हुनुहुन्छ भने मिडिया कुराकानीले तयार पारेको १० प्रसङ्ग पढ्न यहाँ क्लिक गर्नुहोस् ।