प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार साँझ सिरोहियालाई पक्राउ गरेको हो ।
जिल्ला अदालत धनुषाले मङ्गलार दिउसो पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको मुख्यालय पुगेको थियो ।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेका अनुसार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता कसूर प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
गत वैशाख १६ गते सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
This is developing story.