पत्रकार महासंघले भन्यो- सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण

पत्रकार महासंघले भन्यो- सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण

  • जेठ ८, २०८१ मंगलबार २३:५५

नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटना ‘प्रतिशोधपूर्ण रहेको’ प्रतिक्रिया दिएको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै  यो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएका छन् ।

आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा समेत कार्यालयबाटै पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । 

“सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।

कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग नस्वीकार्ने विज्ञप्तिमा जनाइएको छ ।

“यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।“


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८