पत्रकार मातृका दाहाल र दीपा दाहाललाई हेम-सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' प्रदान गर्ने निर्णय गरेको छ ।
फाउन्डेसनले कान्तिपुर दैनिकका मात्रिका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई दुई लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
भ्रष्टाचार विरुद्ध स्थापित यो पुरस्कार नेपाली पत्रकारितामा चर्चित प्रकरणहरूमा निष्पक्ष समाचार सम्प्रेषण गर्ने पत्रकारलाई प्रदान गरिने फाउन्डेसनका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सक्रिय छ ।