यी हुन् मदन पुरस्कार-२०८० का लागि छानिएका उत्कृष्ट ५ पुस्तक

यी हुन् मदन पुरस्कार-२०८० का लागि छानिएका उत्कृष्ट ५ पुस्तक

फोटो: मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितको ट्विटरबाट
  • श्रावण ९, २०८१ बुधबार ००:२३

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८०' का लागि पाँच पुस्तक छनोट गरेको छ । मदन पुरस्कार गुठीले यसपटकको पुरस्कारका लागि प्राप्त ३ सय ४ पुस्तकमध्ये ५ पुस्तक छानिएको मंगलबार विज्ञप्तिमार्फत् जनाएको हो ।

पुरस्कारका लागि भक्त स्याङ्तानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको 'नुन तेल', भावेश भूमरी र प्रणिता चामलिङको 'भावलिपि', मोहन मैनालीको 'मुकाम रणमैदान' र रोशन थापा ‘नीरव’को 'सन्त्रासका साठी दिन' छनोट गरिएको हो । 

छानिएका ५ पुस्तकमध्ये एउटाले वर्ष-२०८० को मदन पुरस्कार जित्नेछ ।

press-release_madan-puraskar_2080-81_shortlist.jpg

मदनशमशेर राणाको स्मृतिमा प्रत्यक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो । 

मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा भएको थियो । 

२०१३ सालमा पहिलोपटक 'हाम्रो लोक संस्कृति' का लागि सत्यमोहन जोशी, 'जनरल भीमसेन थापा' का लागि चित्तरञ्जन नेपाली तथा 'अधिकविभव स्थिरविद्युत् उत्पादक' का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए । 

गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम चार हजार थियो । तर २०७५ सालदेखि पुरस्कार रकम बढेर चार लाख रुपैयाँ भएको हो ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८