मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मिडिया काउन्सिल, मधेश प्रदेशको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । यो सूचना २०८१ साल श्रावण २० गते प्रकाशित गरिएको हो ।
मिडिया काउन्सिल, मधेश प्रदेशको अध्यक्ष पदका लागि न्यूनतम स्नातक उत्तीर्ण भई कम्तीमा १५ वर्ष कुनै सञ्चार माध्यमसँग आवद्ध वा पत्रकारिता क्षेत्रमा कम्तीमा २० वर्षदेखि क्रियाशील रही पत्रपत्रिका, श्रव्य, श्रव्यदृश्य लगायतको क्षेत्रमा विशिष्ट योगदान गरेको तथा मधेश प्रदेशमा रही पत्रकारिता गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
प्रदेश सञ्चार ऐन, २०७७ र प्रदेश सञ्चार नियमावली, २०७७ बमोजिम मन्त्रालयको सिफारिसमा मधेश प्रदेश सरकारबाट मधेश प्रदेश सरकारले मिडिया काउन्सिल अध्यक्ष पदका मनोनयन हुने सूचनामा जनाइएको छ ।
आवेदन गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशमा दिन सकिन्छ । आवेदन दिने अन्तिम मिति सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र तोकिएकाले २०८१ साल श्रावण २७ गतेसम्म आवेदन दिनुपर्ने छ ।
इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित सञ्चार तथा कानुन मन्त्री समक्ष निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।
थप जानकारीका लागि मन्त्रालयको वेबसाइट http://moiac.madhesh.gov.np मा हेर्न सकिने जनाइएको छ।
पढ्नुहोस् सूचनाः