नेपालको काठमाडौंमा रहेको पशुपतिनाथलाई संसारका २७५ वटा ‘पादल पेत्र स्थलम’ अर्थात् शिवको पवित्र स्थानमध्ये एक मानिँदै आएको छ । त्यसैले पशुपतिनाथमा महाशिवरात्रीका दिन भक्तहरूको घुइँचो हुने गर्छ । १२ महिना मध्ये साउन महिनालाई विशेष महिनाको रुपमा लिने गरिन्छ ।
तर, अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको साउन महिनामा पशुपतिनाथमा भक्तहरूको ठेलमठेल छ । कारण हो– कोटिहोम महायज्ञ । गत साउन १ गतेदेखि पशुपतिनाथको वनकालीमा जारी कोटिहोम महायज्ञका कारण त्यहाँ भक्तहरूको थप घुइँचो लागेको छ । ‘ज्ञान महायज्ञ २०८१’ नाम दिइएको यो ‘कोटिहोम’ एक महिनासम्म चल्ने छ । कोटिहोम महायज्ञको आयोजक संस्था हो– मानव सेवा फाउण्डेशन ।
मानव सेवा फाउण्डेशनका संस्थापक अध्यक्ष हुन्– विजय भण्डारी । विजय नामले भन्दा ‘महाराज’ नामले चिनिन रुचाउने भण्डारी यसअघि आफूलाई ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ भनेर चिनाउँथे । तर, अहिले उनी ती नामहरू पनि छाडेर ‘बालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराज’ का नामले आफूलाई चिनाउन चाहन्छन् ।
उनै विजय भण्डारी र कोटिहोम विवादबारे मिडियाकुराकानीले तयार पारेको भिडियो हेर्नुहोस् ।