हिजो 'महाठग', आज 'महाराज'! नेपाली मिडियाको दोहोरो मापदण्ड [भिडियो]

हिजो 'महाठग', आज 'महाराज'! नेपाली मिडियाको दोहोरो मापदण्ड [भिडियो]

  • श्रावण १६, २०८१ बुधबार २१:३४

यति बेला काठमाडौंमा चलिरहेको एउटा 'कोटिहोम' को चर्चा सर्वत्र छ । भर्खरै अनलाइनखबरमा सम्पादक बसन्त बस्नेतले लेखेका छन् - यहाँ [पशुपतिमा जारी कोटिहोममा] धर्म, परोपकार, आइटी सेक्टर, कर्पोरेट, संसदीय राजनीति सबै जोडिएको छ । बस्नेतको ‘कथा’को केन्द्रमा छन्- देवी प्रतिभा ।

देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना ! शीर्षकको कथामा देवी प्रतिभालाई प्रसङ्ग बनाएर बस्नेत कथाहरूकै कथा भन्छन् । र, कथा भन्नेहरूमाथि लेख्छन्- ‘सबैले पत्याउने गरी कथा भन्न जसले सक्छ, त्यो माथि गयो, जसको कथावाचन क्षमता छैन, त्यो तलै रह्यो ।'

हामी पनि तपाईँलाई एउटा कथा भन्दैछौँ । तर यो देवी प्रतिभाको कथा होइन । यो त कोटिहोम लगाएर देवी प्रतिभालाई कथा भन्न बोलाउने विजय भण्डारीको कथा हो ।

सम्बन्धविच्छेद पाप भएको प्रतिभाको अभिव्यक्तिको सचेत आलोचना पनि सञ्जालमा भएकै छ ।  तर देवी प्रतिभासँगै कोटिहोममा अर्की कथावाचक पनि छन्- राधिका दासी, जो आफैँ ‘डिभोर्सी’ हुन् ।

पशुपतिको कोटिहोममा के भनिन् ‘देवी प्रतिभा’ले? शीर्षकमा उकालोमा नेहा शर्मा लेख्छिन्- प्रतिभाको वाचन सुन्दा लाग्थ्यो–ठूलो संघर्षले ल्याएका सबै समताका कानुन खारेज गर्दै मध्य युगीन धार्मिक कानुन स्थापित गर्नुपर्छ, फेरि ‘सतियुग’ फर्काउनुपर्छ। र त्यो मध्य युगीन ‘नर्क’ नै हाम्रो ‘धर्म’ हो । 

यो देवी प्रतिभा, राधिका दासी वा साउन १ देखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जारी कोटिहोमको कथा होइन । यो त पहिला नेपाली मिडियामा प्रशस्त चर्चा भएर अहिले 'न्युज रुम' हरूले 'न्युज भ्यालु' नदेखेका बाल योगेश्वरको कथा हो । बाल योगेश्वर अर्थात् विजय भण्डारी ।  


यो पनि पढ्नुहोस्ः नेपाली मिडियाको दोहोरो मापदण्ड: हिजो 'महाठग', आज 'महाराज'!


हेर्नुहोस् भिडियो:-


Related Story

How TikTokers Made Global Media Cover Nepal’s Gen Z Protest

नेपालका जेन् जीहरू जब भ्रष्टाचार विरुद्ध सडकमा आए, तब उनीहरूले आफ्ना कुरा भन्न परम्परागत मिडियाको प्रतीक्षा गरेनन् । बरु, उनीहरू

What’s Real in the Cyabra Report on Nepal’s Gen Z Protests?

के तपाईँलाई लाग्छ कि जेन् जी आन्दोलन उचाल्न नक्कली सोसल मिडिया प्रोफाइलहरूको प्रयोग गरिएको थियो ? सायब्रा नामक इजरेली कम्पनीले २०२५

मुस्ताङ नोस्टाल्जिया: एक फोटोग्राफरको २० वर्षे यात्रा [भिडियो]

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा प्रख्यात फोटोग्राफर किशोर कायस्थको विशेष फोटो प्रदर्शनी जारी छ। दुई दशकको अवधिमा खिचिएका ३० वटा

धर्मका नाममा धन कमाउने धन्दा [भिडियो]

नेपालको काठमाडौंमा रहेको पशुपतिनाथलाई संसारका २७५ वटा ‘पादल पेत्र स्थलम’ अर्थात् शिवको पवित्र स्थानमध्ये एक मानिँदै आएको छ । त्यसैले

राससमा गणतन्त्रपछिका पूर्वाधार विकासको फोटो प्रदर्शनी #PhotoExhibition

गणतन्त्र दिवस २०८१ अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले केन्द्रीय कार्यालय भद्रकालीमा फोटो प्रदर्शनी गरिरहेको छ । सातै प्रदेशमा निर्माण

आउनुस्, गोरखापत्रको फोटो प्रदर्शनी घुमौँ #PhotoExhibition

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गोरखापत्र संस्थानले पुराना तस्बिरहरूको प्रदर्शनी गरिरहेको छ । काठमाडौंको धर्मपथस्थित संस्थानको मुख्यालयमा जारी प्रदर्शनी

८२ प्रतिशत मानिस मिडियाप्रति नकारात्मक #CaseStudy #Video

तपाईँ मिडियाप्रति सकारात्मक हुनुहुन्छ ? नकारात्मक हुनुहुन्छ ? वा, दुबै हुनुहुन्न ? कि घटना वा सन्दर्भअनुसार कहिले सकारात्मक त कहिले

Silent Heroes : Journalists Lost in the Israel-Palestine Conflict

Journalists Risking Their Lives for Truth in the Israel-Palestine Conflict During the Israel-Palestine conflict, journalists risk their lives to bring us