‘जनआस्था’ले पाएको जीबीको इमेलको बास्तविकता

‘जनआस्था’ले पाएको जीबीको इमेलको बास्तविकता

  • कार्तिक १०, २०८१ शनिबार २३:०६

गत कात्तिक ८ गते जनआस्था साप्ताहिकको अनलाइनमा प्रकाशित एक समाचारले सहकारी ठगी प्रकरणमा नयाँ बहस थपेको छ। फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको नामबाट आएको भनिएको इमेलमा आधारित उक्त समाचारले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जन्माएको छ।

जनआस्थामा प्रकाशित ‘रविसँगको सम्बन्ध र आफ्नो सुरक्षाबारे के भन्छन् जीबी?’ शीर्षकमा प्रकाशित समाचारमा सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको तर्फबाट आएको भनिएको इमेल प्रकाशित छ । 

इमेलमा जीबीले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको र बचतकर्ताको रकम फिर्ता गर्न चाहेको उल्लेख छ। साथै, सहकारीबाट संकलित रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको र हाल हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेका कारण अनुसन्धानमा सघाउन नसकेको उक्त इमेलमा उल्लेख छ।

यो इमेलको वास्तविकतालाई लिएर दुई पक्षबीच विवाद देखिएको छ। रवि लामिछानेका समर्थकहरूले यो इमेललाई गलत दाबी गरिरहेका छन् भने अर्को समूहले इमेल सही रहेको भनिरहेका छन् ।

हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जोडिएको यो समाचारलाई लिएर समाजिक सञ्जालमा दुई समूहबीच सोसल मिडियामा हानाहान जस्तो देखिएको हो । 

जीबी राईले पठाएको इमेल भन्दै लेखिएको समाचारमा जीबीले आफू अनुसन्धानमा सघाउन तयार रहेको र आफ्नो बाँकी समय बचतकर्ताहरूको बचत फिर्ता गर्न लागिपर्ने बताएको उल्लेख छ । विभिन्न सहकारीबाट ल्याएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको सो इमेलमा उल्लेख छ । 

Rabi & Jibi.jpg

‘अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुसी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो वातावरण बनाइदिनुहोला, जुन कुरा संसदीय समितिलाई पनि मैले सन्देश पठाएको थिएँ,’ जनआस्थामा जीबी राईको भन्दै प्रकाशित इमेलमा लेखिएको छ, ‘म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस् । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।’

समाचार प्रकाशित भएपछि समाचारमाथि धेरैले टिकाटिप्पणी गरेका छन् । यतिसम्म कि इमेललाई लिएर सत्तापक्षको बैठकमा चर्चाको विषय भएको थियो ।  तर जनआस्थामा प्रकाशित समाचारको अन्त्यमा लेखिएको छ, ‘इमेलबाट प्राप्त प्रस्तुत पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षसँग बुझ्ने काम भैरहेको छ ।’ यो स्पष्टीकरणले सो इमेल जीबीले लेखेको हो या हैन भन्ने प्रमाणित नै नहुँदै उक्त समाचार सामग्री तयार भएको बुझिन्छ । 

तर सामाजिक सञ्जालमा भने दुई पक्ष सो इमेल सही वा गलत भनेर आ-आफै प्रमाणित गर्न लागि परेका छन् । 

समाचार प्रकाशित भएको केही समयमै रविका समर्थकहरूले उक्त समाचार भ्रामक रहेको दाबी गरेका छन् । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले सो इमल नै गलत रहेको टिप्पणी गरेका छन् । 

‘कसैको नाम राखेर मनलाग्दी कुरा लेखेर सित्तैमा खोल्न मिल्ने इमेल मिडियालाई पठायो भने त्यसलाई पुष्टि नगरी छाप्दै जान मिल्ने हो ? पक्कै पनि मिल्दैन,’ बोहोराले फेसबुकमा लेखेका छन्, ‘तर त्यसैलाई आधार बनाएर केही मिडियाले बिना कुनै अनुसन्धान, बिना कुनै तथ्य, मेरो, हाम्रो सभापति  र मेरा साथीहरूको नाम बदनाम गर्न खोजिरहेका छन्।’  

बहोराभन्दा अघि युट्युबर टंक दाहालले यो इमेल नै फेक भएको दाबी गरेका थिए । ‘इमेल address हात पर्‍यो । तुरुन्तै बनाएर, पठाएर पठाउने बित्तिकै तुरुन्तै delete गरेको रहेछ, भाषा र प्रक्रिया दुवै हेर्दा सिधै fake देखिन्छ,’ दाहालले फेसबुकमा लेखेका छन्, ‘यस्तो news लाई सनसनीखेज बनाएर घुमाएका छन् 😂 सकिएन नेपाली मिडिया सँग 🫣🤐’  

तर जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठले सो इमेल नक्कली नभएको बताएका छन् । ‘जीबीका नामबाट जनआस्थालाई हिजो आएको इमेल फेक,स्पाम (नक्कली) हैन । विदेशबाटै आएको प्रमाणित भैसक्यो । यसमा कुनै कैफियत छैन,’ सिआइबी र साइबर ब्युरोलाई उदृत गर्दै श्रेष्ठले लेखेका छन्, ‘इमेलको आधिकारिकतामा कुनै शंका रहेन । त्यसमा उठाइएका कन्टेन्टबारे अब हामी विस्तृत अनुसन्धान गर्दैछौं, ती कन्टेन्ट बयानका निम्ति नयाँ क्लु हुन् ।’
  

केन्द्रीय अनुसन्धान ब्यूरोले भने उक्त इमेल सही या गलत अझै पनि पुष्टि नभएको बताएको छ । “इमेल सही हो या गलत अनुसन्धानपछि मात्रै थाहा हुन्छ,” सिआईबीका प्रवक्ता होबिन्द्र बोगटीले मिडियाकुराकानीसँग भने, “अहिले अनुसन्धानकै प्रक्रियामा छौँ ।”

यदि इमेल साँच्चै जीबी राईको हो भने यसले गोर्खा मिडिया नेटवर्क प्रालिका साझेदार रवि लामिछानेको मुद्दामा नयाँ मोड ल्याउन सक्ने देखिन्छ। कात्तिक २ गते पक्राउ परेका रवि पनि जीबी सञ्चालक भएको गोर्खा मिडिया नेटवर्क प्रालिका साझेदार हुन् । 

तर इमेलको सत्यता स्थापित नभएसम्म यसको प्रभाव अनुमान गर्न सकिने अवस्था छैन ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८