सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । शनिवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो ।
सार्वजनिक सेवा प्रसारण ऐन, २०७६ र सोसँग सम्बन्धित नियमावलीअनुसार योग्य उम्मेदवारको छनोट गर्न उक्त पदका लागि आवेदन माग गरेको हो ।
इच्छुक उम्मेदवारले सञ्चार, पत्रकारिता, व्यवस्थापन वा सम्बन्धित क्षेत्रसँग सम्बन्धित १० वर्षको अनुभवका साथ स्नातक तह उर्तीण गरेको हुनुपर्नेछ । साथै, सार्वजनिक प्रसारण प्रणाली, डिजिटल प्लेटफर्म, र संस्थागत व्यवस्थापनमा गहिरो ज्ञान भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।
आवेदनका आवश्यक कागजात र प्रक्रिया:
- ऐनको दफा ९ अनुसार तयार गरेको आवेदन फारम ।
- नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि ।
- ४,००० शब्दभित्र आफ्नो योग्यता, कार्ययोजना र दृष्टिकोण समावेश गरिएको व्यक्तिगत निवेदन ।
- सिफारिसपत्र तथा व्यावसायिक अनुभव प्रमाणपत्र ।
- दुई प्रतिमा पासपोर्ट साइजको हालसालै खिचिएको फोटो ।
- ऐन, २०७६ अनुसार उमेर तथा योग्यतासम्बन्धी स्वघोषणा ।
मन्त्रालयका अनुसार, आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हुनेछ । ढिला तथा अपूर्ण आवेदन अस्वीकृत गरिनेछ ।
छनोट प्रक्रिया पारदर्शी र मेरिटका आधारमा गरिने मन्त्रालयले स्पष्ट पारेको छ । योग्य उम्मेदवारको छनोटका लागि गठन गरिएको समितिले प्राप्त आवेदनहरूको गहिरो मूल्याङ्कन गर्नेछ । थप जानकारीका लागि मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।
हेर्नुहोस् सुचना:
