प्रियंका झाको नेतृत्वमा मिडिया एक्सन नेपालमा नयाँ कार्यसमिति

प्रियंका झाको नेतृत्वमा मिडिया एक्सन नेपालमा नयाँ कार्यसमिति

नव निर्वाचित अध्यक्ष प्रियंका झा ।
  • पौष ८, २०८१ सोमबार ०१:५७

मिडिया एक्सन नेपालले तेस्रो अधिवेशनबाट चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा शनिबार सम्पन्न नवौं स्थापना दिवस तथा तेस्रो अधिवेशनबाट झा सर्वसम्मत अध्यक्षता निर्वाचित भएकी हुन् ।

यसैगरी उपाध्यक्षमा मिमबहादुर परियार, सचिवमा बालकृष्ण साह, कोषाध्यक्षमा लक्ष्मी खतिवडा निर्वाचित भएकी छन् । सदस्यहरूमा गणेश प्रसाद घिमिरे, यमबहादुर दुरा र त्रिगुणा भट्टराई निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष लक्ष्मणदत्त पन्तलाई नयाँ कार्यसमितिको पहिलो बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।  

new Member.jpg

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मनोज दुवाडी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, वर्किङ वुमन जर्नलिस्ट्सकी अध्यक्ष रामकला खड्का, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी र नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले मिडिया एक्सन नेपालले मिडिया विकास र प्रेस स्वतन्त्रताका लागि गरेका प्रभावकारी कामको प्रशंसा गरे ।

Guest in program.jpg

मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले स्वतन्त्र सञ्चारमाध्यमले सामना गरिरहेका बढ्दो चुनौतीहरूको समाधानका लागि तत्काल कदम चाल्न आवश्यक भएको बताए। उनले पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्न ढिलाइ भएमा सञ्चारमाध्यमको निगरानी भूमिका कमजोर हुनसक्ने चेतावनी दिए।

यसैगरी नव निर्वाचित अध्यक्ष प्रियंका झाले मिडिया एक्सन नेपालको भावी योजनाप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै स्वतन्त्र सञ्चारमाध्यमको संरक्षण र जवाफदेहिता प्रवर्द्धन गर्न आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा प्रदेश संयोजकहरू सम्मानित भएका थिए । मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता र सञ्चार विकासका पहलहरूमा उल्लेखनीय योगदान पुर्‍याएका तीन प्रदेश संयोजकहरूलाई पुरस्कृत  गरेको हो । पुरस्कृत  संयोजकहरुमा मधेश प्रदेशका हदीस खुद्दार, कोशी प्रदेशका नरेन्द्र ढकाल र कर्णाली प्रदेशका ललितबहादुर बुढा रहेका छन्।

priced .jpg

यसैगरी स्थापऩा दिवसकै अवसर पारेर डिजिटल युगमा स्वतन्त्र पत्रकारिताका चुनौतीहरू तथा डिजिटल दूस्सूचनाको रोकथाम विषयमा छुट्टाछुट्टै प्यानल छलफल समेत सञ्चालन गरेको थियो ।

pannel discussion.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८