पत्रकार पुडासैनीको अकस्मात् निधन

पत्रकार पुडासैनीको अकस्मात् निधन

  • पौष २०, २०८१ शनिबार १८:२४

पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार राति अकस्मात् निधन भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-९ स्थायी घर भएका ३३ वर्षीय पुडासैनी काठमाडौंको सरस्वतीनगरमा बस्दै आएका थिए ।

पुडासैनी नेपाल भ्युज अनलाइनका उपसम्पादक तथा प्रेस चौतारी नेपालका एसोसिएट प्रदेशका उपाध्यक्ष थिए । 

पुडासैनी शुक्रबार कार्यालयको नियमित काम सकेर एक सहकर्मीकोमा खाना खाएर राति करिब १० बजे आफ्नो कोठामा फर्किएका थिए । कोठा पुग्नासाथ अचानक बेहोस भएर ढलेका उनलाई घरपति र छिमेकीहरूको सहयोगमा तत्काल चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे ।

पुडासैनीका निकटका साथी तथा सहकर्मीहरूका अनुसार उनी केही दिनदेखि बिरामी थिए र नियमित रूपमा अस्पतालमा जाँच गराउँदै कार्यालय जाने गरेका थिए ।

चिकित्सकहरूले उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गरेका छन् । यद्यपि मृत्युको यकिन कारण खुल्न बाँकी छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

विगत १४ वर्षदेखि पत्रकारितामा सक्रिय पुडासैनीले नेपालका विभिन्न प्रतिष्ठित सञ्चार माध्यमहरूमा काम गरेका थिए । उनले माउन्टेन टेलिभिजन, हिमालयन टाइम्स दैनिक, प्राइम टेलिभिजन र रेडियो अन्नपूर्ण लगायतका मिडियामा काम गरिसकेका थिए। पछिल्लो समय उनी नेपाल भ्युजमा उपसम्पादकको जिम्मेवारीमा कार्यरत थिए ।

पुडासैनी अविवाहित थिए र डेरामा एक्लै बस्दै आएका थिए। उनको अकस्मात् निधनले नेपाली मिडिया क्षेत्रमा गहिरो शोक छाएको छ । 

नेपालभ्युजका प्रधान सम्पादक मधुसुधन पन्थीले समाचारबाहेक अरु थोक नसोच्ने पत्रकारको अल्पायुमा भएको निधनले आफूहरू शोकाकुल भएको बताए ।

"अत्यन्त जोधाह पत्रकार हुनुहुन्थ्यो", त्रिवि शिक्षण अस्पतालबाट पन्थीले भने, "समाचारका विषय खोज्ने, रिपोर्टिङ गर्ने, सम्पादन गर्ने सबैजसो प्रक्रियामा उहाँ स्वयम् प्रेरित हुनुहुन्थ्यो ।"


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८