रातोपाटीका सम्पादक दाहालले दिए राजीनामा, अरु ३ जना पनि बाहिरिए

रातोपाटीका सम्पादक दाहालले दिए राजीनामा, अरु ३ जना पनि बाहिरिए

  • माघ ४, २०८१ शुक्रबार २२:५८

रातोपाटी डट कमका सम्पादक रामप्रसाद दाहालले पदबाट राजीनामा दिएका छन् । हालै नेपाल पत्रकार महासंघको केन्द्रीय समिति निर्वाचनमा महासचिव निर्वाचित भएका दाहालले कार्यव्यस्तताका कारण राजीनामा दिएको जानकारी दिए । 

महासंघमा महासचिव निर्वाचित भएलगत्तै व्यवस्थापनलाई समय दिन नभ्याउने जानकारी दिएका दाहालले शुक्रबार सम्पादकको जिम्मेवारीबाट बिदा लिएका हुन् । उनले फेसबुकमार्फत् रातोपाटीको सम्पादकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । 

“व्यवस्थापनलाई पत्रकार महासंघको महासचिवमा निर्वाचित भएलगत्तै समय दिन भ्याउँदिन भनेर जानकारी गराइसकेको थिए", दाहालले भने, "आज मेरो रातोपाटीमा अन्तिम दिन हो ।” दाहाल २०८० माघ ५ गते रातोपाटीको सम्पादक नियुक्त भएका थिए । 

सम्पादक दाहालले राजीनामा आएकै बेला पछिल्लो साता रातोपाटीबाट अरु पत्रकारले पनि राजीनामा दिएको पुष्टि भएको छ । इन्भेस्टिगेटिभ ब्युरो प्रमुख दुर्गा दुलाल, बिजनेश ब्युरोका प्रमुख मस्त केसी र वरिष्ठ सम्वाददता रोमन आचार्यले रातोपाटीबाट राजीनामा दिएका हुन् । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८