प्रेस चौतारीमा निर्वाचन नै नगरी बिजेता घोषणा गरिँदै, राजेशले फारम पनि पाएनन्

प्रेस चौतारीमा निर्वाचन नै नगरी बिजेता घोषणा गरिँदै, राजेशले फारम पनि पाएनन्

पत्रकार कृष्ण बहाव लेख्छन्- गरेकै हो । लुकेर छुपेर हैन, खुल्लम-खुल्ला बोलेकै हो । सकिएन । अभिवादन ! फोटो उनकै फेसबुकबाट लिइएको हो ।
  • चैत्र १०, २०८१ सोमबार २३:३७

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेले हददर्जाको हस्तक्षेप गरेको छ । 

निर्वाचन आयोगले गजबको निर्वाचन तालिका सार्वजनिक गरेको छ, जसमा मतदानको समय नै तोकिएको छैन । सोमबार सार्वजनिक भएको निर्वाचन तालिकामा केही घण्टा भित्रमै उम्मेदवारी दर्तादेखि परिणाम घोषणासम्मको कार्यक्रम समेटिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउसो ४ बजे, उम्मेदवारी फिर्ता लिने समय ४ः१५ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकेको छ ।

त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ । 

प्रेस चौतारीमा चुनाव वा टिके प्रथा? प्रेस चौतारीमा चुनाव वा टिके प्रथा?

अध्यक्षमा दाबी गरिरहेका राजेश राई समूहलाई निर्वाचन आयोगले आश्चर्यजनक रूपमा उम्मेदवारी दर्ताका लागि फारम नै उपलब्ध गराएन । राईका अनुसार दिउँसो २:४५ बजे उम्मेदवारी दर्ता गर्न पुग्दा निर्वाचन आयोगले उनीहरूलाई फारम नै दिएन ।

"हामीलाई उम्मेदवारको फारम नै दिएनन् । मनोनयन गर्नै पाइएन । यो भन्दा निरंकुशता अरु के हुन्छ होला र?" राईले प्रतिक्रिया दिए ।

प्राप्त जानकारी अनुसार निर्वाचन आयोगले एमालेका जनवर्गीय संगठनहरूका संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज समेत रहेका नेता राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको सूचीका उम्मेदवारलाई मात्रै मनोनयन फारम उपलब्ध गराएको छ ।

Rajesh and Ganesh (1).png

प्रेस चौतारीमा अध्यक्षका प्रत्यासीहरू क्रमशः राजेश राई र गणेश पाण्डे ।


प्रकाशित निर्वाचन तालिका अनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्म सबै प्रक्रिया साढे ३ घण्टाभित्रमा सम्पन्न हुनेछ । निर्वाचन परिणाम घोषणाको समय दिउँसो ४:३० बजेका लागि तोकिएको छ तर मतदानको समय तालिकामा उल्लेख नै गरिएको छैन ।

निवर्तमान उपाध्यक्ष गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीसहितको टिमलाई निर्विरोध बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । यसअघि राईलाई अध्यक्ष बनाउने निर्णयसहित पाण्डेलाई एमाले प्रचार विभागको सचिव बनाइएको थियो । तर अन्तिममा एमालेको उक्त निर्णय उल्टियो र पुनः पाण्डेलाई एमालेले चौतारीको अध्यक्षका रुपमा अघि सार्‍यो ।   

CPN UML Press Chautari.jpg

प्रेस चौतारीको निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका ।


पार्टी दबाबमा भएको निर्वाचन प्रक्रियाले प्रेस चौतारीभित्र ठूलो असन्तुष्टि र आक्रोश जन्माएको छ । विभिन्न जिल्ला र प्रदेशबाट आएका केही प्रतिनिधिहरूले 'टिका प्रथा'को विरोध गर्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । 

चौतारीका संस्थापक सदस्य समेत रहेका पत्रकार बालकुमार नेपालले 'पहिलो पटक आफैले स्थापना गरेको चौतारीको निर्वाचन शैलीमाथि कानुनी उपचारका लागि अदालत जाने नेतृत्व गर्न तयार भएको' उल्लेख गरेका छन् । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८