'जनकपुर टुडे' का बृज कुमार यादवसहित तीनजनाविरूद्ध मुद्दा दायर

'जनकपुर टुडे' का बृज कुमार यादवसहित तीनजनाविरूद्ध मुद्दा दायर

  • चैत्र ११, २०८१ मंगलबार २३:०७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद ऐनविपरीत बोलपत्रको सूचना प्रकाशन गरेको आरोपमा जनकपुर टुडे दैनिकका प्रधान सम्पादक बृज कुमार यादवसहित तीनजना विरूद्ध मुद्दा दायर भएको छ ।

आयोगले जनकपुर टुडे पत्रिकामा बोलपत्रको सूचना प्रकाशन नै नगरी वृज कुमार यादवले ६ लाख ४४ हजार एक सय रुपैयाँको फर्जी बिल तयार पारेको आरोप लगाएको छ ।

त्यही फर्जी बिलको आधारमा बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौं तहका अधिकृत सुमन कुमार पुरीले भुक्तानी गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पत्रकारको 'धम्की'ले मन्त्रीलाई डिप्रेसनको डर पत्रकारको 'धम्की'ले मन्त्रीलाई डिप्रेसनको डर

जनकपुर टुडे राष्ट्रिय दैनिकमा बटेश्वर गाउँपालिकामा स्वास्थ्य चौकी र डिप बोरिङ निर्माण कार्यको बोलपत्रको सूचना सार्वजनिक रूपमा प्रकाशन नगरी गाउँपालिकाको ठेक्काको कार्यालय अभिलेखका लागि एक प्रति पत्रिकामा मात्र सूचना प्रकाशित गरी गाउँपालिकाबाट ६ लाख ४४ हजार एक सय रूपैयाँ भुक्तानी निकालिएको आरोप अख्तियारले लगाएको छ ।    

अख्तियारले दायर गरेको आरोपपत्रमा बिगो बराबरको रकम असुल उपर गरी कैद तथा जरिवानाको माग गरिएको छ । अख्तियारले आरोपपत्र दायर गरेको विषयमा यादवले कुनै प्रतिक्रिया दिन मानेनन् ।  


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८