क्यान्सरप्रभावित पत्रकार ज्योति शाहको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग सङ्कलन गरिँदैछ । ज्योति शाहलाई चौँथो चरणको स्तन क्यान्सर भएको जानकारी उनका श्रीमान पत्रकार नवीन ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । भारतको कोलकातास्थित टाटा मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ ।
ज्योतिको उपचारका लागि गो फन्ड मी र उनको बैंक खाता मार्फत सहयोग सङ्कलन गरिँदै छ । उनलाई आर्थिक सहयोग गर्न इच्छुकले गो फन्ड मी वा उनको लक्ष्मी सनराईज बैंकमा रहेको खाताको नाम ज्योति साह र खाता नम्बर ००९२३०६३०५२ मार्फत आर्थिक सहयोग गर्न सकिनेछ ।
उनको उपचार सुरू भैसकेको र पहिलो साइकल किमो थेरापी र टार्गेट थेरापी सफलतापूर्वक सम्पन्न भएको उनका श्रीमान नवीन ढुङ्गानाले बताएका छन् । ज्योति शाह मेरोलगानी डटकम अनलाइन मिडियामा कार्यरत छिन् ।
