नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्ष पदमा सुरज भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
अमेरिकाको लास भेगासमा आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनले भण्डारीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि निर्वाचनबाट अध्यक्ष पदमा विजयी भएका भण्डारी यसपटक भने निर्विरोध भएका हुन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, कोषाध्यक्षमा करना अधिकारी र सचिवमा शेरबहादुर थापा निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा सुजन पण्डित, बाबुराम दाहाल, डिल्लीबहादुर रावत, दीपेन्द्र खड्का, जानु पंगेनी, यशोदा तिम्सिना, राजकुमार तामाङ र डोल्मा लामा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार, क्षेत्रीय संयोजकहरूमा सृजना काफ्ले, शान्तिराज राई, दीपक दाहाल र ओम आचार्य चयन भएका छन् ।