वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकार माथि दुर्व्यवहार

वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकार माथि दुर्व्यवहार

फोटो: नेपालप्रेसको भिडियोबाट
  • जेठ २३, २०८२ शुक्रबार १७:४८

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले समाचार संकलन गरिरहेका फोटो पत्रकारमाथि हातपात गरेका छन् ।

बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समाचार संकलनका लागि पुगेका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीमाथि थापाले दुर्व्यवहार गरेका हुन् ।

उक्त घटनाको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको छ । अधिवक्ता थापालाई सार्वजनिक रूपमा क्षमायाचना गर्न महासंघले माग गरेको छ ।

के थियो घटना?

बिहीबार, जेठ २२ गते, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको समाचार संकलन गर्न पत्रकारहरू पार्टी कार्यालय आलोकनगर पुगेका थिए । 

सोही क्रममा पार्टी कार्यालयबाट निस्कँदै गरेका वरिष्ठ अधिवक्ता थापाको फोटो खिच्न लाग्दा उनले पत्रकार कार्कीको क्यामेरा हातले धकेलेर अवरोध गरेका हुन् । 

 

सार्वजनिक भएको भिडियोमा थापाले आक्रोशित हुँदै पत्रकारको क्यामेरा पन्छाएको स्पष्ट देखिन्छ ।

पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र रूपमा आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको यस्तो व्यवहार खेदजनक भएको उल्लेख छ ।

"न्याय क्षेत्रका जिम्मेवार व्यक्तिबाट भएको यो व्यवहार व्यावसायिक मर्यादाविपरीत हुनुका साथै अशोभनीय र आपत्तिजनक छ", विज्ञप्तिमा भनिएको छ, "सार्वजनिक स्थलमा कुनै पनि सार्वजनिक व्यक्तिका बारेमा भिडियो र फोटो खिच्नु तथा प्रश्न सोध्नु पत्रकारको पेसागत धर्म हो। यसमाथि हमला हुनु खेदजनक कार्य हो ।"

 

महासंघले प्रेसको संविधानप्रदत्त अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

साथै, महासंघले वरिष्ठ अधिवक्ता थापालाई उक्त घटनामा क्षमायाचना गर्न आग्रह गरेको छ। यो घटनालाई महासंघले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा लिएको छ । पत्रकार सम्बद्ध अन्य संघसंस्थाले पनि घटनाको भत्सर्ना गरेका छन् । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८