के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

  • माघ १६, २०८२ शुक्रबार १४:१६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले शुक्रबार सहिद दिवसको अवसरमा फेसबुकमा लेखेको स्टायटस एआई प्रयोग गरेर लेखेको दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ  तर, नेपाल फ्याक्ट चेकको तथ्य जाँचमा भने यो स्टायटस एआईबाट नै लेखिएको प्रमाण भेटिएन, फलस्वरुप दावी पुष्टि हुन सकेन।

के हो दाबी ?

शुक्रबार (जनवरी ३०) बिहान १० बजे हुसेन मिया नामका फेसबुक प्रयोगकर्ताले बालेनले सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको स्टायटस एआईले लेखेको दाबी गरे।

‘एआईबाट स्ट्याटस लेखेर वाहवाही बटुल्नको साटो बरु प्रधानमन्त्री नै एआईबाट बनाम…’ शीर्षकसहित गरिएको दाबीमा १०० प्रतिशत एआई जिपिटी लेखिएको स्क्रिनसट पनि राखिएको छ। हामीले तथ्य जाँच गर्दैगर्दा ३ हजार ५ सय रियाक्सन, ६३३ कमेन्ट र ५३ पटक सेयर गरिएको छ ।

हेर्नुहोस्, हुसेन मियाले पोस्ट गरेको फोटोको स्क्रिन सट :
ai-gpt (1).jpg

हुसेन मियाले फेसबुकमा गरेको पोस्टको लिङ्क र अर्काइभ लिङ्क

अरु पनि धेरै फेसबुक प्रयोगकर्ताले यही स्क्रिनसट राख्दै यस्तै दावीसहितका पोस्ट गरेका छन्।

के हो तथ्य ?

भाइरल दावीमा कुन टुल प्रयोग गरी जाँच गरिएको भनेर त लेखिएको छैन। तर रिजल्टमा प्रयोग गरिएको गज मिटर र शैली जेरोजिपिटीसित मेल खान्छ। हामीले बालेनले लेखेको स्टायटसका शब्दहरु कपि गरेर त्यसमा राखी हेर्दा नतिजा यस्तो आयो-

zerogpt.jpg

त्यसैगरी हामीले अर्को  एआई डिटेक्टर जिपिटीजिरोमा राखेर चेक गर्‍यौँ। तर, जीपीटी जिरोले एआईको प्रयोग नगरिएको नतिजा दियो।

हेर्नुहोस्, जीपीटी जिरोले दिएको नतिजा :

हामीले थप जाँच गर्ने क्रममा स्क्रिबर नामक एआई डिटेक्टरमा पनि बालेनले लेखेको स्टायटसलाई राखेर हेर्‍यौँ। स्क्रिबर नामक एआई डिटेक्टरले पनि उक्त स्टायटसमा एआई प्रयोग नभएको निष्कर्ष निकाल्यो ।

हेर्नुहोस्, स्क्रिबरले दिएको नतिजा :
Screenshot-2026-01-30-112114.jpg

यस्तै, हामीले एआई डिटेक्टर ग्रामर्लीमा पनि बालेनको स्टाटसलाई जाँच गर्‍यौँ। ग्रामर्लीले पनि उक्त स्टाटस एआईको प्रयोग गरी लेखिएको भन्ने दाबीलाई पुष्टि गर्न सकेन।

हेर्नुहोस्, एआई डिटेक्टर ग्रामर्लीले निकालेको नतिजा :
Screenshot-2026-01-30-135118.jpg

 

एउटा टुलले मात्र एआई देखाएको र अरु टुलहरुले नदेखाएको कारण हामीले एआई प्रयोग भएको नतिजा देखाउने टुल जेरोजिपिटीमा हामी आफैले लेखेको यो तथ्य जाँचको सुरुको अनुच्छेदलाई राखी हेर्‍यौँ।

यसले हामी आफैले लेखेको अनुच्छेदलाई पनि ६३.४२ प्रतिशत एआईले लेखेको नतिजा दियो। हेर्नुस् स्क्रिनसट-

aaaa.jpg

के एआईले लेखेको हो/हैन पत्ता लगाउन सकिन्छ ?

च्याटजिपिटी बनाउने कम्पनी ओपनएआईले सन् २०२३ मा एआईले लेखेको हो कि हैन भनी अनुमान लगाउने भन्दै एआई क्लासिफायर सेवा सुरु गरेको थियो।

तर परिणाम के भयो भने धेरै फल्स पोजिटिभ देखियो अर्थात् मानिसको लेखाइलाई एआई भनेर देखाउने भयो। नेपाली, हिन्दी, जस्ता भाषामा झन् कमजोर देखियो। छोटो टेक्स्टमा लगभग काम नगर्ने देखियो।

त्यसपछि उसले २०२३ को जुलाई २० देखि यो सेवा बन्द गर्‍यो।

विस्तृतमा पढ्न क्लिक गर्नुस्। 

ओपनएआईको स्पष्ट सन्देश थियो- एआईले लेखेको हो कि हैन प्रभावकारी रुपमा पत्ता लगाउने टुल अहिले छैन।

यसको अर्थ हो अहिले चलिरहेका ZeroGPT, GPTZero, स्क्रिबर, ग्रामर्ली लगायतका सेवा सबै अनुमानमा आधारित छन्, प्रमाणमा होइन। च्याटजिपिटी बनाउने ओपनएआईले नै आफ्नो एआई टेक्स्ट डिटेक्टर अविश्वसनीय भन्दै बन्द गरिसकेको अवस्थामा, तेस्रो पक्षका डिटेक्टरलाई प्रमाण मान्न मिल्दैन। । यस्ता उपकरणहरूले प्रमाण होइन, अनुमान (probability) मात्र दिन्छन्।

यसकारण, एआई डिटेक्टरको स्क्रिनसट मात्र देखाएर गरिएको दावी भ्रामक हुन्छ।

तथ्य जाँच 

दावी : बालेन शाहले एआईको प्रयोग गरी सहीद दिवसबारे स्टायटस लेखेको भन्दै गरिएको दाबी।

दावीकर्ता : हुसेन मिया नामक फेसबुक प्रयोगकर्ता ।

तथ्य : अपुष्ट सूचना। एआई डिटेक्टरको स्क्रिनसट मात्र देखाएर गरिएको दावी भ्रामक छ। कुनै एआई डिटेक्टरले एआई हो भन्छ भने कुनैले एआई होइन। एआई हो भन्ने र होइन भन्ने दुवैका लागि ठोस प्रमाण उपलब्ध छैन।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको

नकाबधारीसँग बालेनले गोप्य बैठक गरेको भन्दै फैलाइएको भिडियोको तथ्य यस्तो छ

प्रविण भट्ट/NepalFactCheck काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले रातारात नकाबधारी मानिसहरुसँग गोप्य बैठक बसिरहेको दावी गर्दै एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको