के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

  • फाल्गुण १६, २०८२ शनिबार ०५:०७

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः 


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त हस्ताक्षरमा पत्राचार गरेको दावीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ।

तर हाम्रो तथ्य जाँचमा पत्रको आधिकारिकता पुष्टि हुने कुनै प्रमाण फेला परेन। दुवै नेताले हामीसँगको कुराकानीमा यस्तो कुनै पत्रमा आफूहरुले हस्ताक्षर नगरेको र नपठाइएको दावी गरे। पार्टीको आधिकारिक लेटरप्याड र भाइरल पत्रमा पनि फरक देखियो।

के हो दावी ?

अनलाइन मिडिया नेपालप्रेसले बालेनलाई प्रधानमन्त्रीमा प्रस्तावित गरिएको जानकारी, सीमा समस्याबारे यस्तो दृष्टिकोण शीर्षकमा शुक्रबार राति प्रकाशन गरेको समाचारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहद्वारा हस्ताक्षरित पत्रको प्रतिलिपि प्राप्त भएको दावी गर्दै भारतको गणतन्त्र दिवसको सन्दर्भ पारेर गत जनवरी २५ मा पत्र पठाइएको उल्लेख छ। पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीमा अघि सारेको अवगत गराइएको दावी छ।

समाचारमा दुई पेजको पत्रको प्रतिलिपि पनि राखिएको छ।

त्यसैगरी चुनावमा सघाउन भारतीय प्रधानमन्त्रीसङ्ग मागे बालेन र रविले हारगुहार शीर्षकमा जनआस्था अनलाइनले पनि उस्तै पत्रका साथ समाचार राखेको छ।

के हो तथ्य ?

यसको तथ्य जाँचका लागि हामीले निम्न प्रक्रिया अपनायौँ-

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह, पार्टीकी सहप्रवक्ता प्रतिभा रावलसित कुरा गर्‍यौँ।
  • पत्रमा उल्लेख गरिएको विषयलाई ध्यानपूर्वक केलायौँ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गर्ने अन्य विज्ञप्ति र भाइरल भएको विज्ञप्तिलाई हेर्‍यौँ।

सुरुमा हामीले पार्टीकी सहप्रवक्ता प्रतिभा रावलसित कुरा गर्‍यौँ। उनले यस्तो कुनै पनि पत्र पार्टीले नलेखेको र पार्टीले यसलाई खण्डन गर्दै विज्ञप्ति पनि जारी गर्न लागेको जानकारी दिइन्।

त्यसपछि हामीले सभापति रवि लामिछाने र उनीमार्फत् बालेनसित पनि सम्पर्क गर्‍यौँ। उनीहरुले पनि आफूहरुले यस्तो कुनै पत्रमा हस्ताक्षर नगरेको र भारतमा नपठाएको दावी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले पनि अनलाइनखबरसँग कुराकानी गर्दै भारतलाई पार्टीका तर्फबाट कुनै नेताले कुनै प्रकारको पत्र नठाएको दाबी गरे।

‘मैले भर्खरै मात्र त्यो पत्रबारे थाहा पाएँ । त्यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ खनालले अनलाइनखबरलाई भनेका छन्, ‘त्यो पत्र ‘फेक’ होे । हाम्रो पार्टीबाट त्यस्तो कुनै पत्र गएको छैन ।’ पढ्नुस् अनलाइनखबरको समाचार। 

स्वतन्त्र दिवसको मिति गलत

हामीले पत्रको व्यहोरा अध्ययन गर्‍यौँ। २५ जनवरी २०२६ को मिति राखिएको पत्रको व्यहोरामा ‘७७ औँ स्वतन्त्रता दिवसको अवसरमा’ लेखिएको छ। भारतको ७७ औँ स्वतन्त्रता दिवस तीन वर्षअघि नै सन् २०२३ को अगस्त १५ मा मनाइसकिएको छ।

हेर्नुस् भारतको सरकारी आकाशवाणी समाचारमा यसबारे समाचार

समाचार पढ्न यहाँ क्लिक गर्नुस्

भारतको स्वतन्त्रता दिवस अगस्त १५ मा मनाइन्छ भने जनवरी २६ मा गणतन्त्र दिवस अर्थात् रिपब्लिक डे मनाइन्छ।

त्यसपछि हामीले भाइरल भएको पत्र र रास्वपाको आधिकारिक वेबसाइटमा भएका अन्य विज्ञप्तिका पत्रहरुको तुलना गर्‍यौँ।

यस्तो छ नेपालप्रेसले सार्वजनिक गरेको पत्र-

हामीले रास्वपाको आधिकारिक वेबसाइटमा रहेको अन्य विज्ञप्तिसित भाइरल पत्रलाई तुलना गर्‍यौँ। यस क्रममा पार्टीको अङ्ग्रेजी नाम फरक पायौँ। आधिकारिक वेबसाइटको लेटरप्याडमा राष्ट्रिय स्वतन्त्र पार्टी लेखिएको छ भने भाइरल पत्रमा अङ्ग्रेजी अनुवाद नेसनल इन्डिपेन्डेन्ट पार्टी लेखिएको छ। केन्द्रीय कार्यालय पनि भाइरल पत्रमा लेखेको देखिन्न।

पार्टीको छाप र सम्पर्क ठेगानासहितको फुटर पनि भाइरल पत्रमा देखिन्न।

पत्रको स्रोत “प्राप्त प्रतिलिपि” भनेर उल्लेख गरिएको छ। अर्थात्, पत्रको आधिकारिक प्रमाणीकरण सार्वजनिक रूपमा पुष्टि भएको देखिँदैन।

अपडेटः रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले विज्ञप्ति निकालेर उक्त पत्रलाई किर्ते र नक्कली भनेका छन् । हेर्नुस्ः

विज्ञप्ति २०८२।११।१५ फेक समाचार_page-0001.jpg

तथ्य जाँच

दावी : रास्वपाका नेताद्वय रवि लामिछाने र बालेन शाहले भारतीय प्रधानमन्त्रीलाई संयुक्त हस्ताक्षरमा पत्र पठाए।

दावीकर्ता : नेपालप्रेस, जनआस्था।

तथ्य/निश्कर्ष : भ्रामक। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयले भारतीय प्रधानमन्त्रीलाई संयुक्त पत्र पठाएको दाबी पुष्टि हुने कुनै आधिकारिक प्रमाण उपलब्ध छैन। बरु सम्बन्धित नेताहरूले नै उक्त दाबी अस्वीकार गरेका छन्। पत्रमा स्वतन्त्रता दिवसको सन्दर्भमा तथ्यगत त्रुटि भेटियो भने लेटरप्याड पनि  आधिकारिक संरचनासँग नमिल्ने देखियो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको

नकाबधारीसँग बालेनले गोप्य बैठक गरेको भन्दै फैलाइएको भिडियोको तथ्य यस्तो छ

प्रविण भट्ट/NepalFactCheck काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले रातारात नकाबधारी मानिसहरुसँग गोप्य बैठक बसिरहेको दावी गर्दै एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको