गुगलको ‘गल्ती’ ले प्रेस काउन्सिलमा परेको रमाइलो उजुरी

गुगलको ‘गल्ती’ ले प्रेस काउन्सिलमा परेको रमाइलो उजुरी

गुगलको जेमिनाइबाट बनाइएको तस्बिर ।
  • जेठ १३, २०८३ बुधबार २१:०८

एउटा ठूलो मिडिया हाउसको अध्यक्षले गुगल सर्च गर्दा अर्कै कुनै अनलाइनको अध्यक्षका रुपमा आफ्नो नाम भेट्यो भने उसलाई कस्तो लाग्ला ? हालसालै यस्तै रोचक तर कानुनी झमेला निम्त्याउने घटना घटेको छ । 

प्रसङ्ग हो अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दियोपोस्ट अनलाइनका विरुद्ध दिएको उजुरीको । 

अन्नपूर्ण पोस्ट दैनिक, अन्नपूर्ण एक्सप्रेस अंग्रेजी साप्ताहिक लगायतका प्लाटफर्म प्रकाशन गर्ने सञ्चार संस्था अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले २०८३ जेठ १२ गते प्रेस काउन्सिल नेपालमा एउटा उजुरी दर्ता गराएका छन् । 

उनको गुनासो छ, ‘दियोपोस्ट डटकम’ मा आफ्नो नाम र तस्बिर ‘Chairman-Rameshwar Thapa’ भनेर राखिएको छ, जसले गर्दा गुगल सर्चमा उनको बारेमा खोज्दा दियोपोस्टकै अध्यक्षका रुपमा उनको नाम देखाउने गरेको छ । 

थापाले यस्तो गरी आफ्नो चरित्र हत्या गर्ने र प्रोपगन्डा फैलाउने कामका भएको भन्दै साइबर अपराधको मुद्दा चलाउन समेत माग गरेका छन् । 

Rameshwor Thapa Letter .png

क्याप्टेन रामेश्वर थापाले प्रेस काउन्सिलमा दिएको निवेदन । 


उजुरी परेपछि प्रेस काउन्सिलले तुरुन्तै दियोपोस्टलाई पत्र काट्यो । 

काउन्सिलले भन्यो, “गुगल सर्च गर्दा रामेश्वर थापा दियोपोस्टको अध्यक्ष देखिनु भ्रमपूर्ण छ, यसले व्यक्तिको चरित्रहत्या गर्छ, त्यसैले तुरुन्तै सामग्री हटाएर क्षमायाचना सहित २४ घण्टाभित्र जवाफ पेश गर्नू ।” 

press council on rameshwor thapa ujuri.png

प्रेस काउन्सिल नेपालले दियोपोस्टलाई दिएको निर्देशन । 


दियोपोस्टले काउन्सिललाई जवाफ दियो- “गल्ती हाम्रो होइन, गुगल र एआईको हो !” 

दियोपोस्टले कतै पनि रामेश्वर थापालाई आफ्नो मिडियाको अध्यक्ष भनेर नलेखेको काउन्सिललाई लेखेको जवाफमा बताएको छ । 

दियोपोस्टकी सम्पादक रीता बुढाथोकीले काउन्सिललाई लेखेको पत्र अनुसार दियोपोस्टमा क्याप्टेन रामेश्वर थापाका बारेमा अनेकौँ समाचार प्रकाशित भएका छन् । 

ती समाचारहरूमा प्रयोग गरिएको एउटा फोटोको फाइल नाम (File Name) ‘Chairman-Rameshwar-Thapa-1’ रहेको थियो ।

rameshwor thapa image.jpg

दियोपोस्टले यसरी क्याप्टेन थापाको फोटो हालेको थियो । स्क्रिनसट उसले काउन्सिलमा पठाएको जवाफबाट लिइएको हो ।


सम्भवतः गुगल सर्च इन्जिनले वा उसको एल्गोरिदमले त्यसैलाई आधार मानेर अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई दियोपोस्टको मालिक घोषणा गरिदियो ।

दियोपोस्टले एक कदम अगाडि बढेर गुगल एआईले आफूसँग माफी मागेको स्क्रिनसट पनि काउन्सिललाई लेखेको पत्रमा समावेश गरेको छ । 

एआईले “एआई भ्रम (Hallucination) हो” भन्दै आफ्नो गल्ती स्वीकार गरेको उसले पत्रमा उल्लेख गरेको छ । 

दियोपोस्टले प्रेस काउन्सिललाई सुझाव दिँदै जवाफमा लेखेको छ, “हामीलाई भन्दा बरु गुगललाई नै स्पष्टीकरण सोध्नुहोस् ।" 

diyopost jawaf.png


काउन्सिलमा दियोपोस्टले पठाएको जवाफबाट लिइएको स्क्रिनसट ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८