भानुभक्त आचार्य -
नेपालमा पत्रकारिता शिक्षा वि.सं. २०३३ बाट सुरु भयो। त्यसबेला पत्रकारिता शिक्षा सुरु हुनुमा लाल देउसा राई, भारतदत्त कोइराला, गोकुल पोखरेल लगायतका व्यक्तिहरूको अग्रणी भूमिका छ।
त्यसबेला प्रवीणता तह (इन्टरमिडियट) सुरु भएको पत्रकारिता शिक्षाको स्नातकोत्तर तह खुल्न भने धेरै समय लाग्यो। विसं २०५७-२०५८ मा आइपुग्दा मात्रै स्नातकोत्तर सुरु भयो। अहिले नेपालमा पत्रकारितामा एमफिल र विद्यावारिधि तहहरू पनि सञ्चालनमा छन्।
नेपालमा पत्रकारिता शिक्षाको विभिन्न आयामहरूबारेमा यो लेख केन्द्रित छ। लेखको सुरुआत स्नातकोत्तर तह सञ्चालन हुँदाका केही रस्साकस्सीबाट गरौँ।
‘इन्ट्रा डिसिप्लिनरी’ कि ‘इन्टर डिसिप्लिनरी’?
दुई दशकअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले पत्रकारितामा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्दा एउटा विवाद सतहमा आयो—पत्रकारिता शिक्षालाई अन्तरशांकायिक बनाउने कि नबनाउने।
त्रिविका प्राध्यापकहरूले स्नातकोत्तर तहमा पत्रकारिता पढ्न चाहने विद्यार्थी स्नातक पढ्न अनिवार्य पत्रकारिता पढेकै हुनुपर्ने (इन्ट्रा–डिसिप्लनरी) शिक्षाको वकालत गरे भने रामकृष्ण रेग्मी लगायतका प्राध्यापकहरू भने स्नातकमा अन्य विषय पढेको भए पनि स्नातकोत्तर तहमा पत्रकारिता पढ्न पाउनु पर्छ भन्ने अन्तरशंकायिक (इन्टरडिसिप्लनरी) पत्रकारिता शिक्षाको पक्षमा देखिए।
परिणाम स्वरूप त्रिविले इन्ट्रा–डिसिप्लिनरी शिक्षा पद्धतिलाई अङ्गाल्यो भने पूर्वाञ्चल विश्वविद्यालय लगायतले इन्टर–डिसिप्लिनरी प्रणालीलाई अँगाले।
व्यक्तिगत रूपमा मलाई त्यसबेला त्रिभुवन विश्वविद्यालयले ‘इन्टरडिसिप्लनरी’ शिक्षा नअँगालेर गलत गर्यो भन्ने लाग्छ। किनभने त्यसबेला पत्रकारिता गरेका तर पढ्न नपाएका धेरै पत्रकारहरू थिए। उनीहरूलाई आफ्नो अनुभवलाई प्राज्ञिक ज्ञानसँग जोड्नु थियो। उनीहरूले चाहेर पनि त्यो अवसर पाउन सकेनन्। यसको कारण हो त्रिविको पत्रकारिता शिक्षामा ‘इन्ट्रा–डिसिप्लिनरी’ नीति।
संसारका अधिकांश राम्रा विश्वविद्यालयमा पत्रकारितामा स्नातकोत्तर गर्न प्रवीणता प्रमाणपत्र तह वा स्नातकदेखि नै पत्रकारिता पढेकै हुनुपर्छ भन्ने छैन।
कानुन पढ्ने, सूचना विज्ञान पढ्ने वा वाणिज्य शास्त्र पढ्ने विद्यार्थीले पनि पत्रकारिता वा सञ्चारका कुनै विषयमा तान्न सकिन्छ। त्यस्तै तलैदेखि पत्रकारिता पढेका र एकै पटक स्नातकोत्तर तहमा पत्रकारिता पढ्न आइपुगेका विद्यार्थीहरुबीच विषयवस्तुको तालमेल मिलाउन उनीहरू त्यो तहमा अध्ययन गरेकै बेला स्नातक तहका खास विषयहरू अनिवार्य रूपमा पढ्न लगाउन सकिन्छ।
उदाहरणका लागि स्नातकोत्तर तहमा अर्कै सङ्कायबाट पत्रकारिता पढ्न आएको विद्यार्थीलाई पत्रकारिताको सैद्धान्तिक ज्ञान र मिडिया रिसर्च स्नातक तहको पनि उत्तीर्ण गर्न लगाउन सकिन्छ। तर त्यसो गरिएन। पढ्नुस् उकेरा डट कमको चौँथो अंग स्तम्भमा भानुभक्त आचार्यको लेख