सञ्चारका तहहरू

सञ्चारका तहहरू

  • श्रावण २२, २०७९ आइतबार १५:०३

निर्मलमणि अधिकारी- 

सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह सञ्चार (ग्रुप कम्युनिकेसन) र आमसञ्चार (मास कम्युनिकेसन) बाट फरक छुट्ट्याएर सार्वजनिक सञ्चार (पब्लिक कम्युनिकेसन) को तह पनि उल्लेख गरेको पाइन्छ तर अधिकतर सञ्चारविद्ले सञ्चारका माथि उल्लेखित पाँच तहलाई नै मानेको देखिन्छ। यिनमा सबैभन्दा प्रारम्भिक तहमा अन्तरनिहीत सञ्चार प्रक्रिया रहेको छ भने सबैभन्दा माथिल्लो तहमा आमसञ्चार प्रक्रिया रहेको छ। समाजको आधारभूत एकाइ व्यक्तिका तहमा हुने सञ्चार प्रक्रिया अन्तरनिहीत वा आन्तरिक प्रकृतिको हुन्छ भने बृहत्तर जनसङ्ख्याका लागि सञ्चारमाध्यमको प्रयोग गरी आमसञ्चार प्रक्रिया सम्पन्न गरिन्छ।

कुनै पनि व्यक्तिमा आन्तरिक रूपमा सम्पन्न हुने सञ्चार प्रक्रिया (जस्तैःमनोवाद)लाई अन्तरनिहीत वा आन्तरिक सञ्चार भनिन्छ। यसमा सन्देश वा सूचनाका रूपमा विचार, अनुभूति, भावना आदि रहन्छन् भने स्नायु प्रणालीले सरणि वा माध्यमको भूमिका निर्वाह गरिरहेको हुन्छ। हामी अरू व्यक्तिसँग मात्र सञ्चार गर्दैनौँ, बरु आफैँसँग पनि सञ्चार गरिरहेका हुन्छौँ। एक्लै बस्दा मनमा तर्क–वितर्क गर्नु, मनमनै कुनै कुरा सोचिरहनु यसको उदाहरण हो। हाम्रो शरीरको एक अङ्गमा कुनै असर प-यो भने त्यो कुरा हामी अनुभूति गर्न सक्दछौँ। जस्तै, बाटोमा हिँड्दा खुट्टामा काँडा गड्यो भने खुट्टामा भएका नसाले त्यो कुरा मस्तिष्कमा पु-याइहाल्छन् र हामीलाई काँडा गडेको कुरा तत्काल थाहा भइहाल्छ। यसरी मानव शरीरमा आन्तरिक रूपमा पनि सञ्चार प्रक्रिया चलिरहेको हुन्छ।

पूरा पढ्नुहोस्


Related Story

सञ्चारले कक्षाकोठालाई कसरी रूपान्तरण गर्न सक्छ ?

हामी मानिसले दैनिक जीवनमा अत्यधिक मात्रामा गर्ने दुईवटा कार्य छन् पहिलो हामी निरन्तर सास फेर्छौै र दोस्रो हरेक क्षण अन्तरक्रिया

सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन आइतबारदेखि

सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आइतबारदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र

स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि सूचना विभागको छात्रवृत्ति आह्वान

नेपाल सरकारको सूचना तथा प्रसारण विभागले स्नातक तहमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा

त्रिवि पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा सह-प्राध्यापक डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।   यसअघिका प्रमुख प्रा. प्रबलराज

आरआर क्याम्पसबाट आफ्नै सुविधासम्पन्न भवनमा सर्‍यो त्रिविको पत्रकारिता केन्द्रीय विभाग

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटन समारोहका उद्घोषक घमराज लुइँटेल कार्यक्रम सञ्चालनकै क्रममा स्मृतिमा पुगे जतिबेला उनी

सञ्चार विधाको विपश्चिमीकरण

डा. निर्मलमणि अधिकारी - नेपालमा सञ्चार विधाको औपचारिक एवं विशिष्टिकृत पठनपाठन विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै भइरहेको छ । अन्य विधाभित्र संसारमा

मिडिया अध्ययनका डेढ दशक

डा. निर्मलमणि अधिकारी -  काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को प्रस्तावनामा कला, विज्ञान, व्यवस्थापन, प्रविधिजस्ता विविध क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि

पत्रकारिता शिक्षा ‘इन्ट्रा डिसिप्लिनरी’ कि ‘इन्टर डिसिप्लिनरी’ ?

भानुभक्त आचार्य - नेपालमा पत्रकारिता शिक्षा वि.सं. २०३३ बाट सुरु भयो। त्यसबेला पत्रकारिता शिक्षा सुरु हुनुमा लाल देउसा राई, भारतदत्त कोइराला,