भीम रावलले किन फैलाए भारतीयहरूलाई नागरिकता बाँड्न लागेको भ्रम ?

भीम रावलले किन फैलाए भारतीयहरूलाई नागरिकता बाँड्न लागेको भ्रम ?

भीम रावलको फोटो karobardaily.com बाट ।
  • जेठ ११, २०७८ मंगलबार १४:०९

सरकारले गत आइतबार नागरिक सम्बन्धी अध्यादेश ल्याएपछि त्यसका पक्ष विपक्षमा तर्क वितर्कहरू जारी छन् । तर यहाँ तर्क वितर्क मात्र होइन, भ्रमको खेती पनि सुरु भएको छ । र, यो खेतीको गन्ध अलिक (अ)राजनीतिक देखिएको छ । 

जस्तो, नेकपा एमालेको माधव नेपाल समूहका नेता भीम रावलको ट्‍विटलाई लिउँ । रावलले वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको दाबी गरेका छन् । उनले यो ट्‍विट मंगलबार बिहान डिलिट गरेका छन् । (अर्काइभमा हेर्नुस्)

‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो’, रावलले ट्‍विटरमा लेखेका छन्, ‘प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो कि ? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !’

bhim rawal tweet.JPG

रावलको ट्‍विट मंगलबार बिहानसम्ममा २६६ रिट्‍विट भएको छ । कति मिडियाले यसलाई जस्ताका तस्तै समाचारको विषय पनि बनाएका छन् । 

के रावलले दाबी गरेजस्तो वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको हो ?

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहेको बताए । “शान्तिसुरक्षा र कोभिड-१९ नियन्त्रण सम्बन्धी बाहेक कुनै पनि सेवा हामीले सञ्चालन गरेका छैनौँ”, प्रजिअ घिमिरेले भने, "नागरिकता दिने त कुरै भएन ।"

जिल्ला प्रशासन कार्यालय पर्साले सुरुमा वैशाख ७ गते, त्यसपछि वैशाख १४ गते र त्यसपछि जेठ ६ गते जारी सूचनाहरू हेर्नुहोस् । यी सूचनामा निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको जनाइएको छ । 

उसोभए हुँदै नभएको विषयमा रावलले किन भ्रम फैलाए त ? हामीले उनलाई सोध्ने प्रयास गर्‍यौँ । पहिला उनको फोन उठेन । पछि जुम मिटिङमा छु भनेर फोन काटे । 

अहिले भने उनले अर्को ट्‍विट गरेर पुरानो समाचारका आधारमा आफूले त्यस्तो लेखेको र उक्त ट्‍विट हटाएको भनेका छन् । 

रावलले ट्‍विट हटाएका छन् तर पुरानो समाचारका आधारमा अहिले संकटका बेला हुँदै नभएको कुरा गरेर जनमानसमा भ्रम पारेँ भनेर स्वीकार्नु त परको कुरा आफ्नो कुरालाई गलत नभएको दाबी समेत गरेका छन् । 

नेकपा एमालेका उपाध्यक्ष, उपप्रधान तथा रक्षा, गृह आदि मन्त्रालय सम्हालिसकेको नेता भीम रावलले हुँदै नभएको विषयमा  किन भ्रम फैलाएका होलान् ?

तपाईँलाई के लाग्छ ? कमेन्ट बक्समा लेख्नुस् । 


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको