के वाइडबडी प्रकरणमा जाँचबुझ आयोगले अनियमितता भएको किटानीसहितको प्रतिवेदन बुझाएको हो?

के वाइडबडी प्रकरणमा जाँचबुझ आयोगले अनियमितता भएको किटानीसहितको प्रतिवेदन बुझाएको हो?

  • भाद्र ७, २०८० बिहीबार २२:००

वसन्त खड्का/NepalFactCheck.org


कान्तिपुर दैनिकको बिहीबार (२०८० भदौ ७) को अंकमा ‘सुन तस्करी छानबिन गर्न शक्तिशाली आयोग’ शीर्षकको समाचारमा विभिन्न प्रकरणको जाँचबुझका लागि गठन भएको आयोगबारे उल्लेख छ। त्यसै क्रममा वाइडबडी जहाज खरिद प्रकरणको जाँचबुझका लागि गठन भएको आयोगले अनियमितता भएको किटानी गरेको उल्लेख गरिएको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचले उक्त दाबी मिथ्या देखाएको छ।

के छ समाचारमा ?

कान्तिपुर दैनिकको विहीबार प्रकाशित अंकको पहिलो पृष्ठमा  ‘सुन तस्करी छानबिन गर्न शक्तिशाली आयोग’ शीर्षकमा समाचार छ।

समाचारको अन्तिम अनुच्छेदमा लेखिएको छ, ‘दासढुंगा घटना, दरबार हत्याकाण्डदेखि पछिल्ला समय सहकारी, चिकित्साशास्त्र, सरकारी जग्गा, वाइडबडी जहाज खरिद अनियमिततासम्बन्धी जाँचबुझ गर्न पनि आयोग बनेका थिए। आयोगका सबै प्रतिवेदन प्रभावकारी कार्यान्वयनमा राज्य उदासीन देखिएको छ। बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा चार अर्बभन्दा बढी अनियमितता भएको भनेर आयोग र संसद्को लेखा समितिले किटानीसाथ उल्लेख गर्दा पनि सम्बन्धित निकायले संलग्नहरूमाथि कारबाही अघि बढाउन सकेको छैन।’

कान्तिपुर दैनिकमा प्रकाशित समाचारको स्क्रिनसट

Kantipur Screenshoot.jpg

यही समाचार कान्तिपुरको अनलाइन संस्करण ईकान्तिपुरमा पनि प्रकाशित छ। आर्काइभ लिंक

के हो तथ्य ?

नेपाल वायुसेवा निगमले सन् २०१८ मा दुईवटा ठूला आकारका विमानहरू खरिद गर्दाको प्रक्रियामा ‘अनियमितता भएको शंका’लाई वाइडबडी प्रकरणका नामले चिनिन्छ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वाइड वडी विमान खरिद प्रकरण सम्बन्धमा अध्ययन अनुसन्धान गर्न उपसमिति गठन गरेको थियो। यसको प्रतिवेदन २०७५ सालमा सार्वजनिक भएको थियो। हेर्नुस् प्रतिवेदन

सो प्रतिवेदनले ‘निगम संचालक समिति, सिफारिस गर्ने पर्यटन मन्त्रालयका पदाधिकारी, सिफारिस गर्ने अर्थ मन्त्रालयका पदाधिकारीले समेत आवश्यक सतर्कता नअपनाएको देखिएको’ भन्दै ‘ठूलो आर्थिक अनियमितता भएको देखिएकाले सो कार्यमा संलग्न सबैलाई आवश्यक छानविनको दायरामा ल्याउन निर्देशन’ दिएको थियो।

त्यसपछि सरकारले वाइडबडी जहाज खरिद प्रकरणमा जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को २०७५ पुस १९ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो।

मन्त्रिपरिषदले गरेका निर्णयहरूको डिजिटल आर्काइभ रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा राखिएको जानकारी अनुसार उक्त दिनको निर्णय बूँदा नम्बर १३ मा देखिन्छ।

wide-body.jpg

लिंक


वाइडबडी विमान खरिद सम्बन्धी जाँचबुझका लागि उच्च अदालतका  पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय भएको त्यतिबेला प्रकाशित समाचारहरूले देखाउँछ। तीन सदस्यीय आयोगका सदस्यहरूमा पूर्व नायब महान्याधीवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मालाई राखिएको थियो ।

आयोग गठनसम्बन्धी समाचारहरू हेर्नुस्-

सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश : कान्तिपुर

वाइडबडी खरिद प्रकरणको छानविन गर्न अर्को समिति : नेपाल समाचारपत्र,

वाइडबडी विमान खरिद अनियमितता छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन : नागरिकन्यूज

तर के यो आयोगले प्रतिवेदन पनि बुझाएको थियो? नेपालफ्याक्टचेकले यस विषयमा खोजी गर्दा प्रतिवेदन बुझाएको भेटिएन । त्यसपछि नेपालफ्याक्टचेकले यस विषयमा आयोगका अध्यक्ष पराजुली तथा सदस्यहरू पाठक र शर्मासँग कुरा गरेको छ । 

आयोगका अध्यक्ष पूर्व मुख्य न्यायाधीश पराजुलीले नेपालफ्याक्टचेकसँग कुरा गर्दै यो विषयमा आफूले पनि समाचारबाटै जानकारी पाएको तर पछि आफूलाई सरकारले नबोलाएको र त्यसपछि के भयो थाहा नभएको बताए।

आयोगका सदस्य मदन शर्माले पनि उक्त आयोग मन्त्रिपरिषद्को निर्णयमै सीमित भएको र आयोग गठनको प्रक्रियामै नगएको बताए।

अर्का सदस्य नरेन्द्रराज पाठकले आफूलाई फुर्सद नभएकाले सरकारले सदस्यमा राखे पनि बस्न अस्वीकार गरेको बताए। उनले सरकारले गठन गर्ने भनेको उक्त आयोग नै गठन नभएको र छानबिन पनि नभएको बताए।

उनीहरूको भनाईलाई त्यतिबेला प्रकाशित समाचारहरूले पनि पुष्टि गर्छन्-

वाइडबडी छानबिन : आयोगका पदाधिकारीले नियुक्तिपत्र समेत नपाई ४५ दिने म्याद सकियो, वाइडबडी अनियमितता छानबिन गर्न मन्त्रिपरिषदद्वारा १९ पुसमा गठित आयोगले कामै सुरु नगरी शनिबार म्याद समाप्त : नयाँ पत्रिका

वाइड बडी जाँचबुझ आयोग बेखबर : नागरिक

तथ्य जाँच

दावी : वाइडबडी जहाज खरिद प्रकरणको जाँचबुझका लागि गठन भएको आयोगले चार अर्बभन्दा बढी अनियमितता भएको किटानी गरेको।

दावीकर्ता : कान्तिपुर दैनिक

तथ्य : मिथ्या सूचना।

"सरकारले गठन गर्ने भनेको आयोगका सबै सदस्यहरूले हामीसँगको कुराकानीमा आयोग गठनको प्रक्रिया नै सुरु नभएको र यो विषय मन्त्रिपरिषदको निर्णयमै सीमित भएको बताएका कारण कान्तिपुर दैनिकमा प्रकाशित आयोगले चार अर्बभन्दा बढी अनियमितता भएको किटानी गरेको समाचार मिथ्या भएको निश्कर्षमा हामी पुग्यौँ", नेपालफ्याक्टचेकको निश्कर्ष छ । 


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको