पक्राउ परेपछि चिरायु अस्पताल भर्ना भएका अनमोल केसीलाई मिडियाले पुर्‍याए नर्भिक #FactCheck

पक्राउ परेपछि चिरायु अस्पताल भर्ना भएका अनमोल केसीलाई मिडियाले पुर्‍याए नर्भिक #FactCheck

  • आश्विन १३, २०८० शनिबार १९:४९

वसन्त खड्का/NepalFactCheck.org

अभिनेता अनमोल केसीलाई प्रहरीले शुक्रबार ठगीको आरोपमा काभ्रेबाट पक्राउ गरेको थियो । छातीमा केही समस्या भएपछि अनमोल केसीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको समाचार विभिन्न अनलाइन मिडियाहरूमा प्रकाशित भएको थियो ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचले अनमोल नर्भिकमा भर्ना भएको समाचार झुटो देखाएको छ ।  

के पक्राउ परेका अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका हुन् ?

फिल्मको आर्थिक लेनदेनसम्बन्धी विवादमा परेको उजुरीपछि नेपाली चलचित्रका नायक अनमोल केसीलाई प्रहरीले शुक्रबार पक्राउ गरेपछि सोही रात नर्भिक अस्पताल भर्ना गरिएको खबर विभिन्न अनलाइनहरुमा आएको छ।

तर हाम्रो तथ्य जाँचमा यो खबर भ्रामक देखिएको छ। नर्भिक अस्पताल र प्रहरी अधिकारी दुवैले केसीलाई नर्भिक अस्पतालमा भर्ना नगरिएको बताएका छन्।

कहाँ कस्तो खबर ?

अनमोल केसी नर्भिकमा भर्ना शीर्षकको समाचारमा अनलाइनखबरले  निर्माता सरोज न्यौपानेलाई उद्‍धृत गर्दै ‘छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए’ लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क।

त्यसैगरी अर्को अनलाइन सेतोपाटीले लेखेको छ- ‘उनलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।’ हेर्नुस् अर्काइभ लिङ्क।

‘स्वास्थ्यमा समस्या आएपछि अनमोल केसी नर्भिकमा भर्ना’ शीर्षकमा नेपालप्रेसले पनि उनी निकटस्थ स्रोतलाई उद्‍धृत गर्दै नर्भिक अस्पतालमा भर्ना भएको समाचार लेखेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

त्यस्तै लोकान्तरले पनि ‘गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको’ समाचार लेखेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

हामीले अनमोल केसी र नर्भिक कीवर्ड राखी गुगलमा सर्च गर्दा अरु पनि थुप्रै अनलाइनहरुले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको समाचार राखेको देख्यौँ।

त्यसैगरी रुटिन अफ नेपाल बन्दले पनि एक्स, फेसबुक र इन्स्टाग्राममा केसी नर्भिक अस्पतालमा भर्ना भएको लेखेको थियो। हेर्नुस् एक्सको स्क्रिनसट (अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्)

के हो तथ्य ?

यो बारेमा तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले नर्भिक अस्पतालमा सोध्यौँ। नर्भिक अस्पतालको रिसेप्सनले ‘एडमिट भएर बस्नुभएको भए आइपीडी डिपार्टमेन्टमा हुनुपर्ने’ जानकारी दिँदै ‘यो नामको कोही प्यासेन्ट भर्ना नभएको’ जानकारी दियो।

त्यसपछि हामीले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेललाई यस विषयमा सोध्यौँ। उनले अनमोल केसीलाई चिरायु अस्पतालमा भर्ना गरिएको पुष्टि गरे।

अनलाइन न्युजपोर्टल उकेराले पनि अनमोल प्रहरी हिरासतमा बस्नै नमानेपछि चिरायु अस्पतालमा राखियो शीर्षकको समाचारमा ‘जति प्रयास गरे पनि हिरासतमा बस्न नमानेपछि प्रहरीले नै खोजेर बेलुका साढे ११ बजेतिर महाराजगन्जको चिरायु अस्पतालमा लगेर भर्ना गरेको’ र ‘अनमोलसँगै प्रहरी सुरक्षाकर्मी समेत रहेको’ अस्पतालका एक अधिकारीलाई उद्‍धृत गर्दै लेखेको छ। हेर्नुस् लिङ्क। 

तथ्य जाँच

दावी : पक्राउ परेका अनमोल केसीलाई नर्भिक अस्पतालमा भर्ना गरियो।

दावीकर्ता : अनलाइनखबर, सेतोपाटी, लोकान्तर, नेपालप्रेस लगायतका अनलाइनहरु।

तथ्य : भ्रामक सूचना। पक्राउ परेका अनमोल केसीलाई अस्पतालमा भर्ना गरिएको खबर साँचो हो। तर उनलाई नर्भिक अस्पतालमा नभई चिरायु अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताएका छन् भने नर्भिक अस्पतालले पनि त्यो नामको बिरामी भर्ना नभएको जानकारी दिएको छ। तसर्थ नेपाली अनलाइन मिडियाका समाचार भ्रामक छन्। 


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको