कान्तिपुरबाट फोटो पत्रकारहरू निकालिएको भन्दै पीजे क्लबको विरोध

कान्तिपुरबाट फोटो पत्रकारहरू निकालिएको भन्दै पीजे क्लबको विरोध

  • आश्विन १६, २०८० मंगलबार ००:०७

कान्तिपुर मिडिया ग्रुपले फोटो पत्रकारहरूलाई गैरकानुनी ढंगले निष्कासन गरेको भन्दै फोटो पत्रकार क्लब नेपालले विरोध गरेको छ । क्लबका कार्यवाहक अध्यक्ष दिपेश श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा समस्याहरुको उचित र सम्मानजनक समाधान खोज्न माग गरिएको छ। 

कान्तिपुर मिडिया ग्रुप अन्तर्गत कान्तिपुर पब्लिकेसनले त्यहाँ कार्यरत फोटो पत्रकारहरूलाई निष्कासन गरिएको तथा विभिन्न छापा तथा अनलाइन संचार माध्यमहरूमा समयमै पारिश्रमिक नदिइएको क्लबले जनाएको छ । प्रचलित कानुन, विधि र पद्धति विपरीत संचारगृहहरूमा भएका पत्रकार निष्कासन लगायतका कामको क्लबले आलोचना गरेको छ । 

"श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने, समय मै पारिश्रमिक नदिने र संचारकर्मीहरुको लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्यहरुको पनि क्लब घोर भत्सर्ना गर्दछ", विज्ञप्तिमा भनिएको छ । 

नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यस्थापन समक्ष राखेको मागहरूप्रति फोटो पत्रकार क्लबले पूर्ण समर्थन तथा ऐक्यवद्धता जनाएको छ । गत असोज ९ गते कान्तिपुरले ६८ जना कर्मचारीहरूलाई कानुन विपरीत अवकाश पत्र दिएको थियो । 

कान्तिपुरले पछिल्लो समय त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूलाई विभिन्न बाहनामा हतोत्साही गर्न थालेको छ ।  कान्तिपुरस्थित नेपाल पत्रकार महासंघको शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग पेश गरेको छ । आइतबार पत्रकारहरूलाई वार्तामा बोलाइए पनि व्यवस्थापनले पछि वार्तामा बस्न अलटाल गरेको त्यहाँका पत्रकारहरूले बताएका छन् । 

नेपाल पत्रकार महासंघले आइतबार कान्तिपुरलाई समस्या समाधानका लागि दबाब दिँदै आन्दोलनको चेतावनी दिएपछि व्यवस्थापन वार्ताबाट भागेको कान्तिपुरका पत्रकारहरूको दाबी छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८