भड्किलो नाराको आवाज सम्पादन गरी थपिएको भिडियो नेपालगञ्जको भन्दै भाइरल #FactCheck

भड्किलो नाराको आवाज सम्पादन गरी थपिएको भिडियो नेपालगञ्जको भन्दै भाइरल #FactCheck

  • आश्विन १६, २०८० मंगलबार २१:३२

उमेश श्रेष्ठ/NepalFactCheck.org

दुई समुदायबीच सामाजिक र धार्मिक सद्‍भाव भड्किने जोखिम बढेपछि नेपालगञ्जमा स्थानीय प्रशासनले मंगलबार कर्फ्यु आदेश जारी गरेकोछ । सामाजिक सञ्जालमा भड्किलो आवाजसहितको एउटा भिडियो नेपालगञ्जमा लागेको नारा भएको दावी गर्दै भाइरल भइरहेको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचले सो भिडियोमा भएको नाराको आवाज १२ वर्ष पुरानो भिडियोबाट लिइएको देखाएको छ ।

भड्किलो नाराको आवाज सम्पादन गरी थपिएको भिडियो नेपालगञ्जको भन्दै भाइरल

दुई समुदायबीच सामाजिक र धार्मिक सद्‍भाव भड्किने जोखिम बढेपछि नेपालगञ्जमा स्थानीय प्रशासनले मंगलबार कर्फ्यु आदेश जारी गरेको छ।  बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार सामाजिक सञ्जालमा निश्चित समुदायलाई लक्षित गरी लेखिएको भनिएको स्टायटसबाट विवाद सुरु भएको थियो। यसबीच सामाजिक सञ्जालमा भड्किलो आवाजसहितको एउटा भिडियो नेपालगञ्जमा लागेको नारा भएको दावी गर्दै भाइरल भइरहेको छ। तर हाम्रो तथ्य जाँचमा उक्त भिडियोमा भएको नाराको आवाज १२ वर्ष पुरानो भिडियोबाट लिइएको खुलेको छ।

के छ भाइरल भिडियोमा ?

एक्स (पुरानो नाम ट्विटर) मा आफूलाई भारतको कट्टर हिन्दू राष्ट्रवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को सदस्य रहेको उल्लेख गरेका पंकज दासले मंगलबार बिहान ९ बजेर २५ मिनेटमा गरेको पोस्टमा एउटा भिडियो रहेको छ।

भिडियोमा नाराबाजी, आगजनी र विरोध प्रदर्शन गरिरहेका दृश्य छन्। पोस्टमा उनले नेपालगञ्जमा मुस्लिम समुदायले ‘सर तन से जुदा’ जस्तो हिंसात्मक नारा लगाएको, धार्मिक भावना भडकाउने भाषण गरेको दावी गरिएको छ। 

भिडियोको अडियोमा भाषण जस्तो सुनिने एक व्यक्तिको आक्रोशपूर्ण अभिव्यक्ति सुनिन्छ जसमा उनले पोस्टमा लेखे जस्तो नारा पनि सुनिन्छ।

६ घण्टामा यो तथ्य जाँचका लागि स्क्रिनसट लिँदासम्म यो पोस्ट ५ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ भने २४ रिट्विट र ४१ लाइक देखिन्छ। त्यसैगरी १९ रिप्लाइहरु छन्।

ट्विटरको स्क्रिनसट

हेर्नुस् अर्काइभ लिङ्क। 

के हो तथ्य ?

यो भिडियोमा लागेको नारालाई Gustakhe nabi ki ek saza  र sir tan se juda कीवर्ड राखी फेसबुकमा सर्च गर्दा हामीले थुप्रै भिडियो भेट्टायौँ। भारतमा पनि यो नाराका कारण सद्‍भावमा असर परेको समाचारहरु हामीले गुगल गर्दा भेट्यौँ।

गुगल सर्चको स्क्रिनसट

युट्युबमा हामीले यही कीवर्ड राखेर सर्च गर्दा हामी एउटा यस्तो भिडियोमा पुग्यौँ, जहाँको आवाज हुबहु नेपालगञ्जको भनी भाइरल भएको भिडियोमा रहेको आवाजसँग मिल्छ।

सइद आफताब अलि कादरी चिस्टीको आवाज रहेको यो गीतमा रहेको आवाज सम्पादन गरी नेपालगञ्जको भनिएको भिडियोमा राखिएको छ।

यो भिडियो मे २८, २०११ अर्थात् १२ वर्षअघि युट्युबमा अपलोड भएको देखिन्छ।

युट्युब भिडियोको स्क्रिनसट

 

हेर्नुस् दुवै भिडियोका अडियोको तुलना-

तथ्य जाँच

दावी : भाइरल भएको भिडियोमा भएको भड्काउ भाषणको अडियो नेपालगञ्जमा भएको प्रदर्शनको हो।

दावीकर्ता : पंकज दास

तथ्य : भ्रामक सूचना। पंकजले गरेको ट्विटमा उक्त भिडियोमा सुनिएको भड्काउ नारा नेपालगञ्जमै भएको प्रदर्शनको जस्तो दावी गरिएको छ। तर यो भिडियोमा प्रयोग गरिएको आवाज १२ वर्षअघि युट्युबमा अपलोड भएको सइद आफताब अलि कादरी चिस्टीको गीतबाट लिइएको हो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको