इन्टरनेट र अर्थ राजनीति

इन्टरनेट र अर्थ राजनीति

  • September 23, 2020 Wednesday 09:30

समाज र प्रविधिबीचको अन्तरसम्बन्ध, खासगरी सञ्चार प्रविधि र विभिन्न चरणका मानव समाजबीचको सम्बन्धका बारेमा व्यापक प्राज्ञिक अध्ययनहरू हुँदै आएका छन् । यस विषयमा क्यानेडियन विद्वान् मार्सल मक्लुहान वा बेलायती माक्र्सवादी चिन्तक रेमन्ड विलियम्सदेखि कैयौँ अध्येताका विश्लेषणहरू उल्लेखनीय छन् । मक्लुहानले छापायन्त्रको विकासले मानव सभ्यतालाई कसरी नयाँ चरणमा प्रवेश गरायो भन्ने विषयमा विस्तारपूर्वक अध्ययन गरेका छन् । मध्य पन्ध्रौँ शताब्दीमा जर्मनीमा गुटेनवर्गले स्थापना गरेको छापायन्त्र वस्तुतः पश्चिमा समाजमा प्राज्ञिक उन्नयन, विचार र बहसको विस्तार गर्न युगान्तकारी साधन थियो भन्ने उनको विश्लेषण छ । उनी त गुटेनवर्ग प्रेसले विचार, पक्षधरता वा प्राज्ञिक चिन्तनको बेग्लै ब्रह्माण्ड सिर्जना गरेको ठान्छन् । विलियम्सले भने खासगरी बेलायतमा टेलिभिजन प्रसारणको सुरुवातको चर्चा गर्दै प्रविधि र समाजबीचको अन्तरसम्बन्धका दुईवटा अवधारणाको समीक्षा गरेका छन् ।

कुनै समाजमा प्रविधिको आवश्यकता महसुस भएपछि त्यसको विकास हुन्छ कि प्रविधि स्वतन्त्र रूपले विकसित हुँदै समयक्रममा त्यसले समाजको रूपान्तरण गर्छ ? उनले दुवै प्रश्नका विषयमा विस्तारपूवर्क चर्चा गर्न सुरु गर्नुभन्दा अघि एउटा साझा निष्कर्ष प्रस्तुत गरेका छन् । उनको निष्कर्ष छ, टेलिभिजनले विश्वभरको मानव समाजको रूपान्तरण गरेको छ । प्रविधिले समाजलाई डोर्‍याउँछ कि समाजले प्रविधिको आवश्यकता बोध गरेपछि त्यहीअनुसारको प्रविधिको विकास गर्छ ? यस्तो प्रश्नमा घोत्लिनुअघिको उनी दुवै निचोडलाई सूत्रबद्ध गर्न सकिन्छ भन्छन्, जेसुकै भने पनि प्रविधिले मानव समाजलाई रूपान्तरित गर्दै लगेको छ । पढ्नुस् गोरखापत्र दैनिकमा प्रकाशित कुन्दन अर्यालको लेख । 


Related Story

Political Dissent in Nepal: Arrests for Social Media Posts Raise Censorship Concerns

Man Bahadur Karki (29) stands barefoot inside the iron bars of the Metropolitan Police Circle, Durbarmarg. The ground floor of the

राष्ट्रिय साइबर सुरक्षा नीति तथा इन्टरनेट गेटवेसम्बन्धी विश्लेषणपत्र सार्वजनिक

डिजिटल राइट्स नेपालले नेपालको डिजिटल परिदृश्यमा देखिएका साइबर सुरक्षासम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने दुई विश्लेषण पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पहिलो

टिकटक प्रतिबन्धको प्रभावः नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा

नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा परेको छ । डिजिटल अधिकारको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था एक्सेस नाउ ले

बालबालिकामा इन्टरनेटको लत

सञ्जु अधिकारी- समयसंगै इन्टरनेटमा व्यक्तिको पहुँच र यसको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ। प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका

Browser Cookies Make People More Cautious Online, study finds

Elizabeth Stoycheff from the Conversation - Website cookies are online surveillance tools, and the commercial and government entities that use them

Marketing In New Media

Aashish Mishra-  Nepal is witnessing a media shift. Radio, once the primary source of news and information for the majority of

इन्टरनेट गतिमा भैरहेको ठगी रोक

कान्तिपुर सम्पादकीय-  इन्टरनेट प्रयोगकर्ताहरूको संख्या जति बढ्दो छ, यसका सेवाप्रदायकहरू पनि त्यही रूपमा थपिइरहेका छन् । उनीहरूका बीचमा तीव्र प्रतिस्पर्धा त छ,

तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ

मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?' 'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।' 'तपाईंले यो साता क–कसलाई