अन्तर्वार्ता दिन ओलीले Zee News नै किन रोजे ?

अन्तर्वार्ता दिन ओलीले Zee News नै किन रोजे ?

  • पौष २८, २०७७ मंगलबार २३:२८

  • सुदीप श्रेष्ठ - 

छ महिनाअघि एक भारतीय समाचार च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भनिएको एउटा वार्ता सार्वजनिक गर्‍यो। 

'यान्छी कफी लिनुहुन्छ?'

'म पनि त्यस्तै सोचिरहेकी थिएँ। साँच्चै भन्दा नेपालमा तपाईंजस्तो विद्वान र समझदार नेता अरू छैन।'

'धन्यवाद यान्छी। म तपाईंका लागि जेसुकै गर्न सक्छु। तपाईं एकचोटि भनेर त हेर्नुस्।'

'मैले मजाक गरेको होइन, म साँच्चै तपाईंको बारेमा सोच्छु। त्यसो त तपाईंलाई सत्तामा बलियोसँग टिकाउने एउटा प्लान मसँग छ।'

'म तपाईंको हरेक कुरा मान्न तयार छु। के हामी यो बातचित अझै अगाडि बढाउन सक्छौं? मेरो मतलब के हामी सँगै डिनर गर्न सक्छौं?'

'हा हा हा, म पनि तपाईंसँग केही पल बिताउन चाहन्छु, ताकि तपाईंको बारेमा थप जान्ने मौका पाइयोस्।'

यो वार्तामा प्रयोग भएका एक–एक शब्द कपोलकल्पित छन्। यसलाई यहाँ प्रकाशन गरेकामा हामी सुरूमै माफी माग्न चाहन्छौं। तर, संवाद लेख्नु र भिडिओ प्रकाशन गर्नु जरूरी भयो। किनकि, नेपाल र नेपालका प्रधानमन्त्रीबारे यस्तो अमर्यादित, अशिष्ट र एउटा जिम्मेवार मिडियाले कल्पना पनि गर्न नसक्ने तुच्छ सामग्री प्रसारण गर्ने भारतीय च्यानल अरू कोही होइन, त्यही जी–न्यूज हो, जसलाई स्वयं प्रधानमन्त्री ओलीले सरकारी निवासमा बोलाएर लामो अन्तर्वार्ता दिए। सेतोपाटीमा प्रकाशित रिपोर्ट पढ्नुस् 


Related Story

प्रश्न हराएको पत्रकारिताप्रति ओलीको असीम अनुराग

कामचलाउ प्रधानमन्त्री केपी ओलीले योहो टिभीका लागि जीवराम भण्डारीलाई दुई घन्टा लामो अन्तर्वार्ता दिँदासम्म सुधी नेपालीजनको धैर्य परीक्षण भएकै थियो । त्यसको अघिल्लो

स्थानीय तहमा सूचना प्रविधि

नेपालको वर्तमान संविधान कार्यान्वयनमा आएपश्चात् मुलुकमा छवटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ वटा स्थानीय