प्रश्न हराएको पत्रकारिताप्रति ओलीको असीम अनुराग

प्रश्न हराएको पत्रकारिताप्रति ओलीको असीम अनुराग

  • पौष २९, २०७७ बुधबार ००:१८

कामचलाउ प्रधानमन्त्री केपी ओलीले योहो टिभीका लागि जीवराम भण्डारीलाई दुई घन्टा लामो अन्तर्वार्ता दिँदासम्म सुधी नेपालीजनको धैर्य परीक्षण भएकै थियो । त्यसको अघिल्लो दिन राष्ट्रका नाममा सम्बोधन गर्दैगर्दा ओलीले बोलेको कुरा नै त्यहाँ प्रतिविम्बित थियो, जसलाई प्रस्तोता भण्डारीले बिनाप्रश्न १० मिनेटजतिसम्म मुन्टो हल्लाउँदै सुनिरहेथे ।

भण्डारीको प्रश्न सोध्ने शान्त, विनयी शैलीका प्रशंसक थुप्रै छन् । हाम्रा टक शोहरूबाट वास्तविक प्रश्नहरू गायब नहुन् भन्ने जिज्ञासु चिन्तकहरू पनि उत्तिकै ।

प्रसङ्ग ओलीको पछिल्लो अन्तर्वार्ताको । अरु प्रश्न त छाडिदिऊँ । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापालाई समेत प्रश्न गरेकामा ठाउँको ठाउँ दण्डित गर्ने ओलीले मिडियालाई हरेक भाषण, वार्ताहरूमा सराप्छन् । बुद्धिजीवीलाई त झन् कोट काट्ने मुसा नै भनिदिन्छन् । अब त संसद नै सिध्याएर अंकुशविहीन बन्ने बाटोमा उनी अघि बढिसके, जसको फैसला सम्मानित अदालतमा, अनि सर्वशक्तिमान नेपाली जनताको अदालतमा हुने नै छ । शिलापत्रमा पूरा पढ्नुस्


Related Story

अन्तर्वार्ता दिन ओलीले Zee News नै किन रोजे ?

सुदीप श्रेष्ठ - छ महिनाअघि एक भारतीय समाचार च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भनिएको एउटा

स्थानीय तहमा सूचना प्रविधि

नेपालको वर्तमान संविधान कार्यान्वयनमा आएपश्चात् मुलुकमा छवटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ वटा स्थानीय