के फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ ? #Factcheck

के फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ ? #Factcheck

  • माघ १५, २०८० सोमबार १९:११


By Umesh Shrestha/NepalFactCheck.org


अमेरिकामा अध्ययन गर्न अमेरिकी सरकारले उपलब्ध गराउने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्ने दावीसहितका समाचार मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती दावी मिथ्या देखियो। फुलब्राइट स्कलरसिपमा उमेर हद तोकिएको छैन।

के छ दावी ?

संघीय संसद्को महासचिवमा सिफारिस पद्मप्रसाद पाण्डेय अहिले विवादमा छन्। उनले दुई वटा नागरिकता लिएको र एउटामा ६ वर्ष उमेर घटाइएको समाचार मिडियामा आएका छन्। उमेर घटाउन पर्नुको एउटा कारणमा अमेरिकी सरकारले दिने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेरको हुनुपर्ने भएकोले दावी गरिएको छ।

कान्तिपुर टेलिभिजनमा ‘संसद्का कार्यवाहक महासचिव पाण्डेयको दोहोरो नागरिकताको यस्तो छ नालीबेली’ शीर्षकको माघ १३, २०८० को समाचारमा लेखिएको छ-

संघीय संसद्को महासचिवमा सिफारिस पद्मप्रसाद पाण्डेयले अमेरिकामा ‘फूल ब्राइट स्कलरसिप’मा अध्ययनका लागि दोस्रो नागरिकता लिएको खुलेको छ । ४० वर्ष उमेर हदका कारण अध्ययन गर्न जान नपाउने भएपछि ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएका पाण्डेय अहिले विवादमा मुछिएका छन् ।

संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पाण्डेयको २०४६ असार २८ गते पहिलो पटक जिल्ला प्रशासन कार्यालय पाल्पाबाट लिएको नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते राखिएको छ । तर, अमेरिकी सरकारले दिने फूल ब्राइट स्कलरसिपमा अध्ययन गर्न आफ्नो नागरिकताको उमेरले नमिल्ने भएपछि ६ वर्ष उमेर घटाएर उनले २०३२ पुस २६ गतेको जन्ममिति राखेर २०६६ भदौ ८ गते दोस्रो नागरिकता लिए ।

४० वर्षभन्दा कम उमेरकाले मात्रै फूल ब्राइट स्कलरसिपमा अध्ययन गर्न पाउने भएकाले पाण्डेयले पदीय दुरुपयोग गरेर उमेर घटाएको पाइएको हो ।

कान्तिपुर टेलिभिजनको समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी कान्तिपुर टेलिभिजनको युट्युबमा ‘संसद्का कार्यवाहक महासचिव पाण्डेयले अमेरिकी छात्रवृत्ति पाउन उमेर घटाएर दोस्रो नागरिकता लिएको खुलासा’ शीर्षकको भिडियो राखिएको छ। त्यसमा पनि यही दावी गरिएको छ।

भिडियोमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको भनाई पनि राखिएको छ। खतिवडाले भनेका छन्- ‘फुलब्राइट स्करलसिपका लागि अमेरिका जान ४० वर्षभन्दा कम उमेरको मान्छेलाई मात्र त्यो स्कलरसिप दिने र त्यसका लागि अर्को नागरिकता लिएर त्यो स्कलरसिप लिएर उहाँ पढेको भन्ने पनि आएको छ…’

के हो तथ्य ?

के साँच्चै कान्तिपुर टेलिभिजन र सांसद रामहरि खतिवडाले दावी गरे जस्तै फुलब्राइट स्कलरसिपका लागि ४० वर्षभन्दा कम उमेर हुनुपर्ने हो ? हामीले यसको तथ्य जाँचका लागि फुलब्राइट स्कलरसिपसम्बन्धी जानकारी राखिएका आधिकारिक वेबसाइटहरुमा खोज्यौँ।

अमेरिकी सरकारको ब्युरो अफ एडुकेसनल एन्ड कल्चरल अफेयर्सको वेबसाइटमा रहेको फुलब्राइट स्कलरसिप सम्बन्धी अक्सर सोधिने प्रश्नहरु (FAQ) मा एउटा प्रश्न ‘के आवेदकहरुको कुनै उमेर बन्देज छ?’ रहेको छ। जसको जवाफमा लेखिएको छ- ‘फुलब्राइट कार्यक्रममा सहभागी हुनका लागि कुनै उमेर बन्देज छैन’

हेर्नुस् स्क्रिनसट-

आधिकारिक वेबसाइटको लिङ्क। अर्काइभ लिङ्क।

यसबारे थप स्पष्ट हुनका लागि हामीले फुलब्राइट स्कलरसिप उपलब्ध गराउने फुलब्राइट कमिसन/युसेफ नेपाल कार्यालयको इमेलमा सम्पर्क गर्‍यौँ। हामीले पठाएको इमेलको जवाफ यस्तो आयो-

अतः कान्तिपुर टेलिभिजन र राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले फुलब्राइट स्कलरसिपका लागि ४० वर्षभन्दा कम उमेरको हुनुपर्ने भनी गरेको दावी मिथ्या ठहर्छ।

तथ्य जाँच

दावी : फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ।

दावीकर्ता : कान्तिपुर टेलिभिजन, सांसद रामहरि खतिवडा।

तथ्य : मिथ्या सूचना। फुलब्राइट स्कलरसिपको आधिकारिक वेबसाइटमा उमेर हद नभएको उल्लेख छ। त्यसैगरी नेपालस्थित फुलब्राइट कमिसनले नेपालफ्याक्टचेकलाई इमेलमा दिएको जानकारीमा पनि फुलब्राइट स्कलरसिपमा उमेर हद नभएको उल्लेख छ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको