डेढ महिना अघिको फोटोमा भारतीय झण्डा राखी यसरी भाइरल बनाइयो

डेढ महिना अघिको फोटोमा भारतीय झण्डा राखी यसरी भाइरल बनाइयो

  • माघ २९, २०७७ बिहीबार २३:०५

  • सञ्जोग सिवाकोटी

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा माघ २८ गते नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभाका तस्बिरहरु विभिन्न अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शेयर गरेका छन् । यिनै तस्बिरहरुमध्ये जुलुसको बीचमा भारतीय झन्डा बोकेको एक तस्बिर फेसबुक, ट्वीटर लगायतका सामाजीक सञ्जालमा व्यापक रुपमा शेयर भइरहेका छ । उक्त तस्बिरकै आधारमा केही अनलाइनले समाचार पनि प्रकाशित गरेका छन् ।

जनता टाइम्स अनलाइनले ‘प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा, यसरी खुल्यो नेपालविरोधी हर्कतको रहस्य’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । तर उक्त अनलाइनले आफ्नो समाचारलाई सच्याएर “प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा !” शीर्षक राखेको छ । उसले वास्तविक तस्बिर पनि प्रकाशित गरेको छ ।

यसैगरी चक्रपथ अनलाइनले ‘प्रचण्ड–माधवको जुलुसमा भारतीय झण्डाको प्रयोग !’ शीर्षकमा उक्त फोटोसहित समाचार प्रकाशित गरेको छ ।

उक्त तस्बीर ट्वीटर र फेसबुकमा प्रयोगकर्तामाझ व्यापक शेयर भएको छ । ट्वीटरमा विशाल दत्त भट्ट (@iambishalbhatta) नामक ह्यान्डलले ‘प्रचण्ड-माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा भारतीय झण्डा बोकेर प्रधानमन्त्री केपी ओलि विरुद्ध नारा लाउने भेटिएका छन् ।’ भन्दै शेयर गरेको उक्त फोटो ४९ पटक रिट्वीट भएको छ । यसैगरी विशाल भट्टले फेसबुकमा पनि शेयर गरेको सोही क्याप्सन सहितको तस्बिर १५६ पटक शेयर भएको छ ।

माइलो (@khadga_acharya) नामक ट्वीटर ह्यान्डलबाट शेयर भएको उक्त फोटो १० पटक रिट्वीट भएको छ ।

यसैगरी गणेश बस्नेतले शेयर गरेको जनता टाइम्सको समाचारको लिङ्क ४८९ पटक शेयर भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको फेसबुकको पब्लिक ग्रुपमा धेरै प्रयोगकर्ताले उक्त तस्बिर शेयर गरेका छन् ।

उक्त तस्बिर र दाबीको साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

यो तस्बिरलाई गुगल रिभर्स इमेज सर्चमा खोज्दा उक्त तस्बिर अन्नपूर्ण पोस्टमा झण्डै डेढ महिना अघि प्रकाशित भएको ‘संसद् विघटनविरुद्ध नेकपाको विरोधसभा (फोटो फिचर)’ शीर्षकको समाचारमा पाइएको छ । यो तस्बीर माघ २८ गते आयोजित विरोध सभाको नभई २०७७ पौष १४ गते संसद् विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभाको तस्बीर रहेको फेला परेको छ । उमा विष्ट/सुनिता डंगोलले खिचेको अन्नपूर्ण पोस्टमा प्रकाशित तस्बीरहरुमध्ये सामाजिक सञ्जालमा आज शेयर गरिएको तस्बिर पनि समावेश छ ।

भाइरल भएको भारतीय झण्डा सहितको तस्बिरसँग हुबहु मिल्ने उक्त तस्बिरमा भारतीय झण्डा रहेको छैन । साढे एक महिना अघिको विरोध सभाको तस्बिरलाई सम्पादन गरी भारतीय झण्डा राखी भाइरल बनाइएको छ । साउथ एसिया फ्याक्ट चेकबाट ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको