स्थानीय विकासका लागि रेडियो

स्थानीय विकासका लागि रेडियो

फोटोः https://www.pexels.com/@brunogobofoto
  • फाल्गुण ३, २०७७ सोमबार २३:१२

अहिले धेरै अधिकार स्थानीय तहमा गएको अवस्थामा स्थानीय तहका गतिविधि नागरिकसामु पुर्‍याउनका लागि स्थानीय एफएम रेडियोले विशेष भूमिका खेल्न सक्छन् । तिनले स्थानीय तहले गरेको कामको निरन्तर निगरानी गर्ने र स्थानीय तहलाई सही दिशामा लैजान सक्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले देशभर सात सय १६ एफएम रेडियो सञ्चालनमा छन् भने त्यसमध्ये ३८५ सामुदायिक रेडियो छन् । स्थानीय सुशासन कायम गर्न सबैभन्दा ठूलो भूमिका सूचनाको नै हुन्छ । सूचनाले कहाँ अनियमितता भयो र कहाँबाट के–के सेवा दिइँदै छ भन्ने जानकारी प्राप्त हुन्छ । नागरिकलाई सरकारले दिने सुविधा कहाँबाट कति पाइन्छ, स्थानीय निकायमा आउने बजेट तथा योजनाको जानकारी सूचनाबाटै थाहा पाएर नागरिकले त्यसमा निगरानी राख्न सक्छन् ।

फागुन १ गते अर्थात् फेबु्रअरी १३ तारिख पर्ने विश्व रेडियो दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । देशभरि सञ्चालनमा रहेका रेडियोमा करिब आठ हजार रेडियोकर्मी संलग्न छन् । कोही उत्पादन प्रसारण, कोही व्यवस्थापन त कोही प्रविधिमा काम गरिरहेका छन् । पूर्णकालीन र आंशिकको हिसाब गर्ने हो भने प्रायः सबै स्थानीय तहमा रेडियोकर्मी छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियो नेपालको भौगालिक अवस्था र जीवनशैली सुहाउँदो छ । भौगोलिक विकट ठाउँमा पनि अहिले स्थानीय एफएम रेडियोको माध्यमले सजिलै सूचना पुगिरहेको छ । नेपालका ७७ जिल्लामा एफएम रेडियो पुगेको छ भने सबै क्षेत्रमा रेडियोको प्रसारण सुन्न सकिन्छ । नेपालमा एफएम रेडियोको विकासले विश्वलाई नै नमुना प्रस्तुत गरेको छ ।

रेडियो प्रसारणका लागि एफएम फ्रिक्वेन्सी मोड्युलेसन (एफएम) प्रविधि अन्य प्रणालीको तुलनामा सस्तो र प्रभावकारी भएकाले नेपालमा यसको विकास सहज भएको हो । स्थानीय तहमार्फत नागरिकले पाउने सेवा, त्यसको मापदण्ड, ऐन कानुन, नीति, बजेट र योजनाबारे जानकारी गराउन एफएम रेडियो प्रभावकारी माध्यम हुन सक्छन् । नागरिकले आफूले सेवा–सुविधा पाए–नपाएको, बजेट तथा योजना कार्यान्वयनमा आए–नआएको रेडियोमार्फत नै भन्ने गरेका छन् । कसरी सरकारले स्थानीय तहमा काम गर्छ र कसरी निर्णय लिन्छ, त्यसलाई कसरी कार्यान्वयनमा ल्याउँछ, त्यसमा को–को सहभागी हुन्छन् भन्नेजस्ता स्थानीय सुशासनका विषयको जानकारी गराउन स्थानीय रेडियोले प्रभावकारी काम गर्न सक्छन् । दीपक आचार्यको लेख गोरखापत्रमा पढ्नुस् 


Related Story

अकोराबको नयाँ कार्यसमिति निर्विरोध, अर्जुन गिरी पुनः अध्यक्ष

देशभरका सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । ललितपुरमा शुक्रबार र

सामुदायिक रेडियोका दुखै दु:ख

"हाल देशभर सञ्चालित ३१६ सामुदायिक रेडियो मध्ये ६२ भन्दा बढी बन्द हुने अवस्थामा छन् । राज्यले कर असुलेर पीडा माथि

स्थानीय रेडियोहरूबीच सहकार्यको उद्देश्यसहित 'स्वतन्त्र रेडियो कोलिसन' गठन

विश्व रेडियो दिवसको अवसर पारेर स्थानीय रेडियोहरूको हकहीतमा काम गर्ने उद्देश्यसहित नयाँ संस्था गठन भएको छ । १५ स्थानीय रेडियोहरूको सहकार्यमा

सांस्कृतिक विविधता संरक्षणमा रेडियो

दीपक आचार्य- केही दिनअघि भौतिक जीवनबाट विश्राम लिनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले हरेक पटक भेट भएको समयमा संस्कृति संरक्षणमा सञ्चार क्षेत्रको ठूलो

सङ्कटमा स्थानीय रेडियो

दीपक आचार्य - वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्दै हुनुहुन्छ भन्ने समाचार फैलियो