देशभरका सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
ललितपुरमा शुक्रबार र शनिबार आयोजित अकोराबको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालले जानकारी दिए ।
अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहमा खेमकुमारी पोखरेल, मिलन गाहा, नवीननरसिंह नेपाली र गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सविचमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् ।
🔗यो पनि पढ्नुस्ः सामुदायिक रेडियोका दुखै दु:ख
यस्तै केन्द्रीय सदस्यहरुमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नवीनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गीता चिमोरिया, हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
अकोराबको कोशी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेश प्रदेशमा अध्यक्षमा उपासना तिवारी, बागमती प्रदेश अध्यक्षमा दीपक लामा, गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्षमा नवीन केसी, कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदूरपश्चिमको अध्यक्षमा वेदप्रकाश तिमल्सिना निर्वाचित भएका छन् ।