२५ लाखको खोजमूलक पत्रकारिता पुरस्कार चार पत्रकारलाई

२५ लाखको खोजमूलक पत्रकारिता पुरस्कार चार पत्रकारलाई

  • जेठ ३, २०८१ बिहीबार २३:००

बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेको छ । फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार (पहिलो) कान्तिपुर दैनिकका पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहाललाई संयुक्त रूपमा प्रदान गरेको छ । काठमाडौंमा जेठ ३ गते आयोजित समारोहमा बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार (दोस्रो) उकालो अनलाइनकी पत्रकार दीपा दाहाल र खोजमूलक पत्रकारिता पुरस्कार (तेस्रो) हिमाल खबरका पत्रकार रमेशकुमार न्यौपानेलाई प्रदान गरेको छ ।

कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ती पुरस्कार प्रदान गरेका थिए ।

हरेक दुई वर्षमा प्रदान गरिने  पुरस्कारको राशि २५ लाख रुपैयाँ रहेको छ । पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहालले संयुक्त रूपमा १६ लाख रूपैयाँ पाएका छन् । त्यस्तै पत्रकार दीपा दाहालले ६ लाख रूपैयाँ र रमेशकुमार न्यौपानेले ३ लाख रूपैयाँ पाएका छन् ।

बारबरा फाउन्डेसनले २०८० असार २८ गते विज्ञप्ति निकालेर खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि आवेदन माग गरेको थियो ।

कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहाललाई “नक्कली भुटानी शरणार्थी प्रकरणबारे गरेको खोजमूलक समाचार” र त्यसको फलोअप रिर्पोटिङका लागि प्रथम पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।

उकालोमा प्रकाशित “बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रूपले यसरी गर्‍यो कब्जा” समाचारको लागि पत्रकार दीपा दाहालले दोस्रो पुरस्कार प्राप्त गरिन्।

हिमालखबरमा प्रकाशित “धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार” समाचारका लागि पत्रकार रमेशकुमार न्यौपानेले तेस्रो पुरस्कार प्राप्त गरेका हुन् ।

२०६७ सालदेखि नेपालको सामाजिक–सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा क्रियाशील बारबरा फाउन्डेसन पत्रकार तथा सामाजिक अभियन्ता बारबरा एडम्सको पहलमा स्थापित संस्था हो ।

सन् १९६० मा बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणका क्रममा रिपोर्टिङका लागि नेपाल आएकी उनी त्यसपछि नेपालमै बसिन् । उनले २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन् । उनको २०७३ सालमा निधन भएको थियो ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८