बारबरा फाउन्डेसनद्वारा पत्रकारिताका चार फेलोसिप घोषणा

बारबरा फाउन्डेसनद्वारा पत्रकारिताका चार फेलोसिप घोषणा

  • भाद्र १, २०८० शुक्रबार २०:४८

बारबरा फाउन्डेसनले चारवटा पत्रकारिता फेलोसिप घोषणा गरेको छ । फाउन्डेसनले दुई लाख ५० हजार  रुपैयाँका दरले चार वटा विषयगत पत्रकारिता फेलोसिपको घोषणा गरेको हो ।

२०८० चैत मसान्तभित्र तोकिएको विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई कूल १० लाख रुपैयाँ बराबरको फेलोसिप दिन लागिएको हो । भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनयुक्त विधिको राज्यका पक्षमा खबरदारी गर्न खोजमूलक समाचार सामग्री उत्पादन गर्ने पत्रकारका लागि फेलोसिप घोषणा गरेको फाउन्डेसनका सदस्य प्रा.डा. गोविन्दराज पोख्रेलले जानकारी दिए ।  

फेलोसिपका लागि सुशासन र भ्रष्टाचार, वातावरणीय परिवर्तनको मुद्दा, स्वास्थ्य र शिक्षा सरोकारका विषयमा प्रस्ताव पेश गर्नुपर्ने छ । आवेदकले भदौ मसान्तसम्म प्रस्ताव पेश गर्नुपर्ने छ । असोज पहिलो साताभित्र प्रस्ताव स्वीकृतिको सूचना निकालिने छ ।

प्रस्ताव स्वीकृत भएपछि २०८० चैत मसान्तभित्र तोकिएको विषयमा शोध वा अनुसन्धानमूलक समाचार सामग्री प्रकाशित भैसकेको हुनुपर्नेछ ।

फेलोसिपको लागि फाउन्डेसनको कार्यालय वा [email protected] मार्फत आवेदन दिन सकिन्छ ।

खोजमूलक पत्रकारिता पुरस्कार २०८१ को लागि आवेदन माग

बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि पनि आवेदन माग गरेको छ । हरेक दुई वर्षमा प्रदान गरिने  पुरस्कारको राशि २५ लाख रुपैयाँ रहेको छ ।

घोषणाअनुसार अनुसन्धानमूलक पत्रकारिताका लागि १५ लाख, ७ लाख र ३ लाख रुपैयाँका अलगअलग पुरस्कारहरू प्रदान गरिने छ ।

पुरस्कारमा जोडिएको मुद्दाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव  देखाउन सक्ने तहको सान्दर्भिक शोध/खोजलाई प्रश्रय दिएको हुनुपर्ने फाउन्डेसनका महासचिव मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पत्रकारिता जगतले सिंगो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम–कानुनको थिति बसाल्न पुर्‍याउँदै आएको भूमिकाको सम्मान गर्न विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनले जनाएको छ ।

प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनपर्ने छ । यस्ता सामग्रीबारेको आवेदन प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक जोजसले दिए पनि स्वीकार्य हुने विज्ञप्तिमा उल्लेख छ । तर आवेदकको परिचय स्पष्ट रुपमा खुल्नुपर्ने छ । प्रतिष्पर्धाका लागि आवेदन २०८० चैत मसान्तभित्र आइसक्नुपर्ने फाउन्डेसनले जनाएको छ ।

यसपटक बैशाख २०७९ देखि चैत २०८० (२४ महिना) सम्म प्रकाशन/प्रसारण भएका अनुसन्धानमूलक समाचार/सामग्रीले प्रतिष्पर्धामा स्थान पाउनेछन् ।

फाउन्डेसनले प्रेस स्वतन्त्रता दिवस अर्थात् २०८१ बैशाख २१ गते (मे ३) खोजमूलक पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्ने छ ।

खोजमूलक पत्रकारिता पुरस्कार २०८१ को लागि आवेदकले फाउन्डेसनको बालुवाटारस्थित कार्यालय वा इमेल [email protected] मार्फत वा संस्थाको वेवसाइटमा रहेको फारम भरेर आवेदन दिन सकिन्छ ।

२०६७ सालदेखि नेपालको सामाजिक–सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा क्रियाशील बारबरा फाउन्डेसन पत्रकार तथा सामाजिक अभियन्ता बारबरा एडम्सको पहलमा स्थापित संस्था हो ।

सन् १९६० मा बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणका क्रममा रिपोर्टिङका लागि नेपाल आएकी उनी त्यसपछि नेपालमै बसिन् । उनले २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन् । उनको २०७३ सालमा निधन भएको थियो ।

Barbara Foundation Journalism Fellowship.jpg


Related Story

खोजी पत्रकारिताका लागि कन्टेन्ट क्रियटर र पत्रकारबीच सहकार्य, १४ जनालाई फेलोसिपको अवसर

सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले पत्रकार र कन्टेन्ट क्रियटरबीच खोजमूलक सामग्री उत्पादनमा सहकार्य बढाउन फेलोसिप घोषणा गरेको छ

स्वास्थ्यमा खोजमूलक रिपोर्टिङ गर्न ३ लाखको फेलोसिप, विज्ञको मेन्टरसिप

नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसनले 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति' (Health Journalism Fellowship) घोषणा गरेको छ । फाउन्डेसनले Arete Healthsciences को सहयोगमा

रोटरी जर्नो अवार्ड २०२६ को लागि मनोनयन खुला

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समाजमा सकारात्मक प्रभाव पार्ने र जिम्मेवार पत्रकारिता गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गर्न 'रोटरी जर्नो अवार्ड २०२६'

खोज पत्रकारका लागि NIMJN का चार फेलोसिप

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले खोज रिपोर्टिङ फेलोसिपको लागि आवेदन आह्वान गरेको छ । निम्जिनले एआई र टेक

'क्लेप्टोक्रेसी' विषयमा खोपकेको रिपोर्टिङ फेलोसिप

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) ले 'क्लेप्टोक्रेसी' अर्थात भ्रष्टतन्त्र/लुटतन्त्र विषयमा खोज रिपोर्टिङका लागि फेलोसिप आह्वान गरेको छ।  फेलोसिप कार्यक्रममा सहभागी हुन

जलवायु, कृषि र वित्तीय समावेशीकरणमा रिपोर्टिङ फेलोसिपको अवसर

जलवायु परिवर्तन, पुनरुत्पादक कृषि, र वित्तीय समावेशीकरणजस्ता मुद्दाहरूमा रिपोर्टिङ गर्न फेलोसिपका लागि आवेदन खुला भएको छ ।  प्राक्टिकल एक्शनले जलवायु परिवर्तन,

जलवायु रिपोर्टिङमा फेलोसिपको अवसर, नयाँ पत्रकारलाई प्राथमिकता

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम् नेटवर्क (NIMJN)ले जलवायु रिपोर्टिङ फेलोसिपका लागि आवेदन आह्वान गरेको छ । क्लाइमेट एक्सन नेटवर्क साउद एसिया

१० पत्रकार महिलाका लागि फेलोसिपको अवसर

सञ्चारिका समूह नेपालले पत्रकार महिलाहरूलाई फेलोसिप दिन लागेको छ । सञ्चारिका समूहले जारी गरेको सूचनामा १० जना पत्रकार महिलालाई फेलोसिप