जलवायु, कृषि र वित्तीय समावेशीकरणमा रिपोर्टिङ फेलोसिपको अवसर

जलवायु, कृषि र वित्तीय समावेशीकरणमा रिपोर्टिङ फेलोसिपको अवसर

  • आश्विन ८, २०८१ मंगलबार २२:३२

जलवायु परिवर्तन, पुनरुत्पादक कृषि, र वित्तीय समावेशीकरणजस्ता मुद्दाहरूमा रिपोर्टिङ गर्न फेलोसिपका लागि आवेदन खुला भएको छ । 

प्राक्टिकल एक्शनले जलवायु परिवर्तन, पुनरुत्पादक कृषि, र वित्तीय समावेशीकरणजस्ता मुद्दाहरूमा सशक्त रिपोर्टिङ गर्ने कृयाशील पत्रकारहरूका लागि यो फेलोसिप खुला गरिएको हो । 

ग्रामीण क्षेत्रका साना किसानहरू, विशेष गरी जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित समुदायहरूका समस्या, चुनौतिहरू, र उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सञ्चार क्षेत्रको भूमिकालाई मजबुत बनाउने उदेश्यका साथ यो फेलोसिप आह्वान गरेको प्राक्टिकल एक्शनले जनाएको छ । 

यो फेलोसिप ६ जना पत्रकारले पाउनेछन् ।  पत्रकारिता गर्दै गरेका नयाँ पत्रकार (early career journalist) तथा DEI (विविधता, समानता, र समावेशी) पृष्ठभूमिका पत्रकारहरूलाई फेलोसिपमा प्राथमिकता दिइनेछ।

इच्छुक पत्रकारहरुले असोज १६ गते बुधबार साँझ ५ बजेभित्र आवेदन दिनुपर्ने छ ।

रिपोर्टिङका विषय के-के हुन् ?

१. ग्रामीण जीविकोपार्जनका लागि कृषि पर्यावरण, पुनरुत्पादक र जलवायुमैत्री कृषि बजार प्रणाली विकास ।

२. कृषिमा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण ।

३. नेपालका किसानहरू, विशेष गरी महिलाहरूलाई वित्तीय साक्षरता, डिजिटल साक्षरता र डिजिटल वित्तीय साक्षरताका मध्यमबाट वित्तीय समावेशीकरण ।

४. कृषि क्षेत्रमा डिजिटल वित्तीय सेवाहरूको उपलब्धता र प्रयोग बढाउनका लागि पारिस्थितिक प्रणालीको विकास ।

५. कृषिमा डिजिटल प्रविधि ।


फेलोसिपको फाइदाहरू

मिडिया फेलोसिप २०२४ मा छनोट भएका पत्रकारहरूले १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त गर्नेछन् । यो कार्यक्रम अन्तर्गत छनोट भएका पत्रकारहरुले लेखन, सम्पादन, तथ्य जाँच र मल्टिमिडिया प्रयोग सम्बन्धी तालिम प्रदान गरिने आयोजकले जनाएको छ । 

कसरी दिने आवेदन

फेलोसिपका लागि आवेदन दिन चाहने पत्रकारहरूले आफ्ना लेख तथा रिपोर्टहरूको नमुना, बायोडाटा (CV) र आफ्नो प्यान कार्डको प्रतिलिपि [email protected] मा पठाउनु पर्नेछ।

आवेदनको शीर्षकमा "Media Fellowship 2024" उल्लेख गर्नु जरुरी छ। आवेदन दिने अन्तिम म्याद असोज १६, २०८१ गते साँझ ५ बजे सम्म रहेको छ। थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 


Related Story

खोजी पत्रकारिताका लागि कन्टेन्ट क्रियटर र पत्रकारबीच सहकार्य, १४ जनालाई फेलोसिपको अवसर

सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले पत्रकार र कन्टेन्ट क्रियटरबीच खोजमूलक सामग्री उत्पादनमा सहकार्य बढाउन फेलोसिप घोषणा गरेको छ

स्वास्थ्यमा खोजमूलक रिपोर्टिङ गर्न ३ लाखको फेलोसिप, विज्ञको मेन्टरसिप

नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसनले 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति' (Health Journalism Fellowship) घोषणा गरेको छ । फाउन्डेसनले Arete Healthsciences को सहयोगमा

रोटरी जर्नो अवार्ड २०२६ को लागि मनोनयन खुला

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समाजमा सकारात्मक प्रभाव पार्ने र जिम्मेवार पत्रकारिता गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गर्न 'रोटरी जर्नो अवार्ड २०२६'

खोज पत्रकारका लागि NIMJN का चार फेलोसिप

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले खोज रिपोर्टिङ फेलोसिपको लागि आवेदन आह्वान गरेको छ । निम्जिनले एआई र टेक

'क्लेप्टोक्रेसी' विषयमा खोपकेको रिपोर्टिङ फेलोसिप

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) ले 'क्लेप्टोक्रेसी' अर्थात भ्रष्टतन्त्र/लुटतन्त्र विषयमा खोज रिपोर्टिङका लागि फेलोसिप आह्वान गरेको छ।  फेलोसिप कार्यक्रममा सहभागी हुन

जलवायु रिपोर्टिङमा फेलोसिपको अवसर, नयाँ पत्रकारलाई प्राथमिकता

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम् नेटवर्क (NIMJN)ले जलवायु रिपोर्टिङ फेलोसिपका लागि आवेदन आह्वान गरेको छ । क्लाइमेट एक्सन नेटवर्क साउद एसिया

१० पत्रकार महिलाका लागि फेलोसिपको अवसर

सञ्चारिका समूह नेपालले पत्रकार महिलाहरूलाई फेलोसिप दिन लागेको छ । सञ्चारिका समूहले जारी गरेको सूचनामा १० जना पत्रकार महिलालाई फेलोसिप

स्वरुप आचार्यले पाए दुर्लभ रोग रिपोर्टिङ फेलोसिप

अमेरिकी संस्था नेसनल प्रेस फाउन्डेसनले प्रदान गर्ने दुर्लभ रोग रिपोर्टिङ फेलोसिप (Rare Disease Reporting Fellowship 2023) नेपालका पत्रकार स्वरुप आचार्यले