'क्लेप्टोक्रेसी' विषयमा खोपकेको रिपोर्टिङ फेलोसिप

'क्लेप्टोक्रेसी' विषयमा खोपकेको रिपोर्टिङ फेलोसिप

  • आश्विन १५, २०८१ मंगलबार २१:३९

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) ले 'क्लेप्टोक्रेसी' अर्थात भ्रष्टतन्त्र/लुटतन्त्र विषयमा खोज रिपोर्टिङका लागि फेलोसिप आह्वान गरेको छ। 

फेलोसिप कार्यक्रममा सहभागी हुन इच्छुक पत्रकारहरूले २९ असोज २०७९ (१५ अक्टोबर, २०२४) सम्म आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन् । खोज पत्रकारिता अभ्यास गरिरहेका वा यस क्षेत्रमा रुची राख्ने पत्रकारहरूलाई यो अवसर खुला गरिएको खोपकेले जनाएको छ। छनोट भएका पत्रकारहरूलाई खोज पत्रकारिता केन्द्रले फेलोसिप र मेन्टरसिप प्रदान गर्नेछ। 

आवेदकहरूले खोज पत्रकारिता केन्द्रको वेबसाइटबाट प्रस्ताव फाराम डाउनलोड गरी भर्न सक्नेछन् । भरिएको फाराम [email protected] मा पठाउनुपर्ने छ । आवेदकहरूले आफ्नो स्टोरीको खाका (आउटलाइन) तयार गरी [email protected] मा पनि पठाउन सक्नेछन् ।

संयुक्त बाइलाइनमा पनि स्टोरी गर्न सकिने खोपकेले जनाएको छ। प्रस्ताव छनोटको अन्तिम निर्णय खोज पत्रकारिता केन्द्रको सम्पादकीय समूहमा निहित रहनेछ ।

हेर्नुस् खोपकेको सूचनाः

cij notice.jpg


Related Story

खोजी पत्रकारिताका लागि कन्टेन्ट क्रियटर र पत्रकारबीच सहकार्य, १४ जनालाई फेलोसिपको अवसर

सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले पत्रकार र कन्टेन्ट क्रियटरबीच खोजमूलक सामग्री उत्पादनमा सहकार्य बढाउन फेलोसिप घोषणा गरेको छ

स्वास्थ्यमा खोजमूलक रिपोर्टिङ गर्न ३ लाखको फेलोसिप, विज्ञको मेन्टरसिप

नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसनले 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति' (Health Journalism Fellowship) घोषणा गरेको छ । फाउन्डेसनले Arete Healthsciences को सहयोगमा

रोटरी जर्नो अवार्ड २०२६ को लागि मनोनयन खुला

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समाजमा सकारात्मक प्रभाव पार्ने र जिम्मेवार पत्रकारिता गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गर्न 'रोटरी जर्नो अवार्ड २०२६'

खोज पत्रकारका लागि NIMJN का चार फेलोसिप

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले खोज रिपोर्टिङ फेलोसिपको लागि आवेदन आह्वान गरेको छ । निम्जिनले एआई र टेक

जलवायु, कृषि र वित्तीय समावेशीकरणमा रिपोर्टिङ फेलोसिपको अवसर

जलवायु परिवर्तन, पुनरुत्पादक कृषि, र वित्तीय समावेशीकरणजस्ता मुद्दाहरूमा रिपोर्टिङ गर्न फेलोसिपका लागि आवेदन खुला भएको छ ।  प्राक्टिकल एक्शनले जलवायु परिवर्तन,

जलवायु रिपोर्टिङमा फेलोसिपको अवसर, नयाँ पत्रकारलाई प्राथमिकता

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम् नेटवर्क (NIMJN)ले जलवायु रिपोर्टिङ फेलोसिपका लागि आवेदन आह्वान गरेको छ । क्लाइमेट एक्सन नेटवर्क साउद एसिया

१० पत्रकार महिलाका लागि फेलोसिपको अवसर

सञ्चारिका समूह नेपालले पत्रकार महिलाहरूलाई फेलोसिप दिन लागेको छ । सञ्चारिका समूहले जारी गरेको सूचनामा १० जना पत्रकार महिलालाई फेलोसिप

स्वरुप आचार्यले पाए दुर्लभ रोग रिपोर्टिङ फेलोसिप

अमेरिकी संस्था नेसनल प्रेस फाउन्डेसनले प्रदान गर्ने दुर्लभ रोग रिपोर्टिङ फेलोसिप (Rare Disease Reporting Fellowship 2023) नेपालका पत्रकार स्वरुप आचार्यले