सञ्चारिका समूह नेपालले पत्रकार महिलाहरूलाई फेलोसिप दिन लागेको छ । सञ्चारिका समूहले जारी गरेको सूचनामा १० जना पत्रकार महिलालाई फेलोसिप दिन लागिएको जनाइएको छ ।
हेफर इन्टरनेसनल नेपालको सहयोग रहेको फेलोसिपमा भाग लिन योग्यता पुगेका इच्छुक पत्रकार महिलाले [email protected] मा २०८० पौष २९ गते भित्र आवेदन पठाउनुपर्ने छ ।
यस्ता छन् आवश्यक योग्यता र कागजात:
- समाचार रिपोर्टिङ र सम्पादनमा कम्तिमा दुई वर्षको अनुभव भएको
- राम्रो सञ्चार र लेखन कौशल भएको
- मेन्टरहरुको सल्लाहमा पत्रकारिता कौशल विकास गर्न ईच्छुक
- लैङ्गिक उत्तरदायी नेतृत्वको आधारभूत बुझाइ भएको
- महिला सशक्तीकरण र महिला उद्यमशिलताको क्षेत्रमा अनुभव
- आफूले तयार गरी प्रकाशित दुईवटा समाचार वा फिचर
- बायो डाटा
पिछडिएका समूह, अल्पसंख्यक समुदाय र ग्रामीण क्षेत्रका आवेदकहरूलाई प्राथमिकता दिइने सञ्चारिका समूहले जनाएको छ ।