कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउपछिका तरङ्ग !

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउपछिका तरङ्ग !

  • जेठ ९, २०८१ बुधबार ००:५३

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौंको थापाथलीस्थित उनको कार्यकक्षबाटै पक्राउ गरिएपछि त्यसको चौतर्फी आलोचना भएको छ । सिरोहियालाई पक्राउ गर्न मंगलबार साँझ उनको कार्यकक्षमै बर्दीधारी प्रहरी पुगेको थियो ।   

यो घटनामा सत्तापक्ष र प्रतिपक्ष दुबैले सरकार र गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन् । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सिरोहियालाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ । पार्टीका महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा सिरोहियालाई पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।

samajbadi.jpg

‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यकाबीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ। मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिता विरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नु पर्छ,’ विज्ञप्तिमा भनिएको छ । 

सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले ज्ञानेद्रपथको अनुसरण गरेको टिप्पणी गरेका छन्।

‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्र सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं, आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।'

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री लामिछानेले सिरोहियामाथि प्रतिशोध साँध्न पक्राउ गरेको टिप्पणी गरेका छन् । "आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,'सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,'प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त छु ।'

त्यस्तै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको भन्दै भर्त्सना गरेका छन् । ‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु । संचार क्षेत्रमा उनको योगदान अद्वितीय छ,’ निधिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘तत्काल उनको रिहाई होस् ।'

नेपाल पत्रकार महासंघले पनि सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ । मंगलबार साँझ महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण रहेको उल्लेख गरेका छन् । गृहमन्त्री लामिछानेविरूद्ध निरन्तर समाचार फलोअप गर्दै आएकाले गृहमन्त्रीले यो कदम चालेको महास‌ंघको भनाइ छ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व र समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्ने गरी लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ महासंघको विज्ञप्‍तिमा भनिएको छ ।

fnj.jpg

त्यस्तै बर्दिधारी प्रहरी मिडियागृहमा छिरेको विषयलाई लिएर समेत पत्रकारहरुले विरोध गरेका छन् । वरिष्ठ पत्रकार युवराज घिमिरेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका छन् । कान्तिपुर टेलिभिजनसँग कुराकानी गर्दै उनले सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका हुन् ।

उनले मिडिया हाउसमै पुगेर मिडिया सञ्चालक पक्राउ गर्नु मिडिया माथिको आक्रमण भएको पनि बताए । पत्रकार माथि आक्रमण गर्ने सरकार पतन तर्फ जाने र जानु पर्ने पत्रकार घिमिरेको भनाइ छ । ‘नियोजित षडयन्त्र देखिएको छ । मिडिया हाउसमा पुगेर पक्राउ गर्नु मिडियामाथिको आक्रमण हो,’ उनले भने, ‘पत्रकार माथि आक्रमण गर्ने कुनै पनि सरकार पतन तर्फ जान्छ, र जानु पर्छ । यो आक्रमण लोकतन्त्र विरुद्ध हो ।’


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८