'जलवायु परिवर्तन र सीमान्तकृत समुदायका मुद्दामा नेपाली मिडियाको कम ध्यान' #VIBE #Report

'जलवायु परिवर्तन र सीमान्तकृत समुदायका मुद्दामा नेपाली मिडियाको कम ध्यान' #VIBE #Report

  • आषाढ १४, २०८१ बिहीबार २३:१६

नेपालका सञ्चार माध्यमले जलवायु परिवर्तन, विकास र सीमान्तकृत समुदायका पेचिला मुद्दामा कम ध्यान दिएको एक अध्ययनले देखाएको छ । 

युएसएआईडी नागरिक समाज र सञ्चार (सिएसएम) कार्यक्रमले सार्वजनिक गरेको ‘भाइब्रेन्ट इन्फरमेसन ब्यारोमिटर (भाइब)’ अध्ययन प्रतिवेदनले नेपालका मिडियाले जलवायु परिवर्तन, विकास र सीमान्तकृत समुदायका महत्त्वपूर्ण मुद्दामा पर्याप्त ध्यान दिन नसकेको देखाएको हो । 

नेपालमा सूचनाको अवस्था केही हदसम्म जिवन्त (भाइब्रेन्ट) रहेको देखाउँदै बुधबार (असार १२) राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र द एशिया फाउण्डेशनकी नेपाल प्रमुख मेघन नाल्बोले संयुक्त रूपमा भाइब अध्ययनको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

नेपालका सञ्चार क्षेत्रले राजनीतिक विषयवस्तुलाई बढी प्राथमिकता दिएको तर जलवायु परिवर्तन, विकास र सीमान्तकृत समुदायजस्ता पेचिला मुद्दामा खासै चासो नदिएको अध्यनले देखाएको छ ।

प्रतिवेदन अनुसार खोज पत्रकारिताले सरकारी अधिकारीहरूलाई उत्तरदायी बनाउन भने अहम् भूमिका खेलेको छ ।

अध्ययनले नेपाली सञ्चार क्षेत्रमा आर्थिक चुनौती देखाएको छ । ‘सञ्चार क्षेत्रले आर्थिक सीमितताको सामना गरिरहँदा त्यसको असर छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यमहरूमा समेत परेको देखिन्छ, जसले ती सञ्चारमाध्यम बन्द हुने र रोजगारी समेत गुम्ने परिस्थिति सिर्जना भएका पाइन्छ’, प्रतिवेदनमा उल्लेख छ ।

यस्तै नेपाली भाषाको दबदबाका कारण सुचनामा पहुँच सिमित बनेको छ । मैथिली र भोजपुरी भाषा प्रयोग गर्ने केही क्षेत्रीय सञ्चारमाध्यमले समावेशिता अभिवृद्धि गर्ने उद्देश्य राखेको प्रतिवेदनमा उल्लेख छ ।

साथै नेपाली सञ्चार क्षेत्रको नेतृत्वमा ब्राह्मण र क्षेत्री समुदायका व्यक्तिको दबदबा रहेको अध्ययनले देखाएको छ ।

‘सीमान्तकृत समूहको न्यून प्रतिनिधित्व छ, नन प्रोफेसनल कन्टेन्ट प्रड्युसर (गैरव्यावसायिक सामग्री उत्पादक) हरूले तुलनात्मक रूपमा विविधतापूर्ण दृष्टिकोणहरू प्रस्तुत गर्ने गरेको पाइन्छ’, प्रतिवेदनमा उल्लेख छ ।

४० मा २३ अङ्क !

20240626_115607 (1).jpg

अध्ययनमा नेपालले ४० पूर्णाङ्कमा २३ अङ्क प्राप्त गरेको छ जुन सूचनाको गुणस्तर, सूचनाको प्रवाह,  सूचनाको प्रयोग र सूचनाले ल्याउने रुपान्तरणकारी कार्य गरी चार सिद्धान्तमा आधारित औसत हो ।

प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशले कुल ४० मा २४ अङ्क प्राप्त गरेको छ जुन राष्ट्रिय  औसत भन्दा केही भाइब्रेन्ट अवस्था हो । त्यस्तै मधेश प्रदेशले ४० पूर्णाङ्कमा २२ अङ्क प्राप्त गरेको छ।

नेपालको सूचनाको अवस्था अध्ययनका लागि मिडियाका विभिन्न विधा र क्षेत्रका विज्ञहरू सम्मिलित समावेशी समूहले २० मुख्य सूचक र १६७ उपसूचकमा आधारित रहेर मूल्याङ्कन  गरेका थिए ।

उक्त अध्ययनमा राष्ट्रियस्तरको प्रतिनिधित्व गर्ने अनि अध्ययन गरिएका दुई प्रदेशका सम्पादक, सञ्चार व्यवस्थापक, नागरिक समाजका सदस्य, संवाददाता, शिक्षक र अभियानकर्मीहरू समेटिएका ३० जनाभन्दा धेरै विज्ञहरूलाई संलग्न गराइएको थियो ।

अध्ययनमा संलग्न विज्ञ सदस्यहरूलाई तोकिएका सूचकमा मूल्याङ्कन स्वरूप अङ्क दिन भनिएको थियो । जसमा शून्यदेखि १० अङ्कलाई ‘नन भाइब्रेन्ट’, ११ देखि २० को अङ्कलाई ‘स्लाइटली भाइब्रेन्ट’, २१ देखि ३० बीचको अङ्कलाई ‘समह्वाट  भाइब्रेन्ट’ र ३१ देखि ४० बीचको अङ्कलाई ‘हाइली भाइब्रेन्ट’ का रूपमा वर्गिकृत गरिएको थियो ।

युएसएआईडी सीएसएम कार्यक्रमका लागि नेपालमा उक्त अध्ययन आईआरइएक्सले गरेको हो । नेपालमा युएसएआईडी सीएसएम कार्यक्रम द एशिया फाउण्डेशनले प्याक्टसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको छ ।


Related Story

नाङ्गो प्रेस स्वतन्त्रताको विपक्षमा

पत्रकारिताको आवरणमा भइरहेको अपराधकर्मलाई प्रेस स्वतन्त्रताको खोल ओडाएर संरक्षण गर्दा पत्रकारिताको झन् बदनामी बिहीबार (भदौ २६ गते) दिउँसो ४ बजेर २२

कान्तिपुरमा पत्रकारको धर्ना, मुलुकको ठूलो मिडियाको श्रम सङ्कट बुझाउने १४ हेडलाइन

व्यवस्थापनले श्रमजीवी पत्रकारहरूलाई बलपूर्वक निष्कासन गरेको विरोधमा आज नेपाल पत्रकार महासंघसहितका संघसंगठन र प्रभावित पत्रकारहरूले कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा धर्ना दिँदै

कान्तिपुरका पत्रकारमाथि व्यवस्थापनले गरेको अपमानको फेहरिस्त

कान्तिपुर पब्लिकेसन्स लिमिटेडबाट कानुनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरू बुधबार नेपाल पत्रकार महासंघको सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा आगामी रणनीति तय गर्न

कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग

दशैँको मुखमा पत्रकारहरूलाई अवकाश पत्र थमाइएपछि कान्तिपुर पब्लिकेसन्स लिमिटेडस्थित नेपाल पत्रकार महासंघको शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग पेश गरेको छ

दशैँको मुखमा पत्रकारलाई कान्तिपुरको अवकाश पत्र- '१५ दिनपछि अफिस नआउनू'

व्यवस्थापनले दशैँको मुखमा पत्रकार/कर्मचारीलाई इमेलमार्फत् अवकाश पत्र पठाएपछि कान्तिपुरमा आक्रोश केही समयदेखि मत्थरजस्तो देखिएको कान्तिपुरको श्रम समस्या पुनः बल्झिएको छ ।

Role Of Audience In Media Accountability

Harsha Man Maharjan - Can audience be a part of media accountability in Nepal? I think so. This role of audience