पशुपतिमा देवी प्रतिभालाई हेर्न आएको भीड भनेर भाइरल भएको भिडियो भारतको #Factcheck

पशुपतिमा देवी प्रतिभालाई हेर्न आएको भीड भनेर भाइरल भएको भिडियो भारतको #Factcheck

  • श्रावण ३०, २०८१ बुधबार २२:४२

By Sagar Budhathoki/NepalFactCheck.org


देवी प्रतिभालाई हेर्न पशुपतिमा देखिएको भीड दावी गरिएको भिडियो भ्रामक


‘देवी प्रतिभालाई हेर्न पशुपतिमा देखियो भीड’ भन्दै घरको छानो भत्किएर मानिसहरु खसेको भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने यो दावी भ्रामक भएको देखाएको छ। पशुपतिनाथको दावी गरेको भिडियो नेपालको नभएर भारतको उत्तरप्रदेशस्थित कन्नौजको हो।

के छ दावी ?

२१ हजार फलोअर रहेको ‘सोताङ स्टार’ नामक फेसबुक पेजको पशुपतिनाथ मन्दिरको कोटी होममा कथा वाचा गर्न आएकी देवी प्रतिभाको सानो फोटो राखेर अशुद्ध नेपाली भाषामा ‘देबि प्रतिभालाई हेर्न पसुपति मा देखियो यस्तो भिड’ भनेर क्याप्सन लेख्दै छतबाट मानिसहरु जुलुस गरिरहेको भीडमाथि खसिरहेको भिडियो रिल हालिएको छ। र, उक्त रिलमा ‘देखाइदेउ चमत्कार कोटी कोटी नमस्कार’ भन्ने गीत पृष्ठभूमिमा बजाइएको छ।

४७ लाख पटक भन्दा बढी हेरिएको उक्त रिलमा यो तथ्यजाँच तयार गर्दासम्म ५७ हजार भन्दा बढी रियाक्सन, पाँच सय ५७ कमेन्ट र तीन सय ८८ सेयर गरिएको छ।

हेर्नुस स्क्रिनसट

sotang-star.jpg

त्यस्तै , ८८ हजार फलोअर रहेको रमेश गौतमको फेसबुक प्रोफाइलमा पनि जुलाई ३० मा सोही आशयको रिल अपलोड भएको छ । अशुद्ध नेपाली भाषामा ‘देख्नासाथ सेयर गर्नुहोस। सोचेको पुरा हुनेछ। रमेश गौतमलाई लाइक कमेन्ट फ्लो गर्नुहोस्’ भनेर घरको छानो भत्किएर मानिसहरु खसेको रिल अपलोड गरिएको छ। उक्त रिलको माथि एक कुनामा अशुद्ध नेपाली भाषामा ‘देबि प्रतिभालाई हेर्न पसुपति मा देखियो भिड’ भनेर उनको फोटो राखिएको छ।

यो तथ्य जाँच तयार गर्दासम्म ‍तीन लाख ५६ हजार पटक हेरिएको उक्त भिडियोमा तीन हजार भन्दा बढी रियाक्सन, ५८ वटा कमेन्ट र १६८ पटक सेयर गरिएको छ।

हेर्नुस्, स्क्रिनसट

sotang-star.jpg

तथ्य के हो ?

झट्ट हेर्दा भिडियो कुनै पनि एंगलबाट पशुपतिनाथ क्षेत्रको देखिदैन। किनकि, भिडियोमा टिनको छानो भएको घर, तराईजस्तो देखिने समथर भूभाग र निर्माण सम्पन्न नभइसकेको एउटा घर देखिन्छ।

यो विषयमा तथ्यजाँच गर्नका लागि उक्त भिडियोको फरक फरक एंगलको स्क्रिन सट लिएर विभिन्न सर्च इन्जिनमा रिभर्स ईमेज सर्च गरेर हेर्‍यौँ। यस क्रममा हामीले उक्त भिडियो भारतको उत्तर प्रदेशस्थित कन्नौजको रहेको फेला पार्‍यौँ।

सोही क्रममा हामीले जुलाई १८ मा न्यूज फस्ट कन्नाडाको आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो फुटेजको स्क्रिनसट राखेर समाचार बनाएको फेला पार्‍यौँ। उक्त समाचार अनुसार, भारतको उत्तर प्रदेशस्थित कन्नौजमा मुहरमको जुलुस चलिरहेको बेला छत खस्दा ठुलो दुर्घटना भएको उल्लेख छ।

हेर्नुस, स्क्रिनसट

news-first.jpg

 

यो विषयमा थप सर्च गर्दा जुलाई १८ मा नै  न्यूज एटिन यूपी उत्तरखण्ड च्यानलको युट्युब च्यानलमा अर्को समाचार भेट्यौँ। उक्त समाचार बुलेटिनमा मुहरमको जुलुस चलिरहेको बेला छत खस्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको भनेर समाचार बनाइएको छ । समाचारमा फरक एंगलले खिचेको भिडियो फुटेज राखिएको छ, जुन भिडियो पशुपति नाथको भनेर दावी गरीएको भिडियोसँग केहि अंश मिल्न जान्छ ।

हेर्नुस्, स्क्रिनसट

news-18-up-uttarakhanda.jpg

यो विषयमा थप सर्च गर्दा उक्त विषयमा भारतीय सञ्चार माध्ययम अमर उजालाले १७ जुलाईमा ‘कन्नौज में बड़ा हादसा: मुहर्रम के जुलूस के दौरान छज्जा गिरा, बच्चे की मौत, 50 घायल’ शीर्षकमा समाचार राखेको भेट्यौँ । समाचारमा भिडियो नराखेतापनि मुहर्रमको जुलुस हेर्नका लागि छतमा मानिसहरु बस्दा छत भत्किएर खसेको, छतले थिचिएर एक बच्चाको मृत्यु भएको र ५० भन्दा बढी मानिसको घाइते भएको उल्लेख छ।

हेर्नुस्, स्क्रिनसट

amar-ujjwala.jpg

सो विषयमा थप सर्च गर्दा भारतीय सञ्चार माध्यम इण्डिया टूडेले ‘4 dead, 26 Injured in separate incidents during Muharram processions in UP’ शीर्षकमा समाचार राखेको भेट्यौँ । समाचार अनुसार, उत्तरप्रदेशमा १७ जुलाईमा भएको उक्त घटनामा ४ जनाको मृत्यु र २६ जना गम्भिर घाइते भएका थिए।

हेर्नुस् स्क्रिनसट

india-today.jpg

भारतीय सञ्चार माध्यमले सोही भिडियोको अंशसँग मिल्ने फुटेज र जुलाई १७ मा भएको घटनाको समाचार लेखेतापनि नेपाली सञ्चार माध्यमले पशुपति नाथमा देवी प्रतिभालाई हेर्ने क्रममा कुनै घटना भएको समाचार भेटेनौ । सोही कारण सोताङ स्टार र रमेश गौतमको फेसबुक पेजले गरेको दावी भ्रामक छ।

तथ्यजाँच

दावी : पशुपतिनाथमा चलिरहेको कोटीहोममा कथा वाचन गर्न आएकी देवी प्रतिभालाई हेर्न घरको छानोमा चढ्दा छानो भत्किएको।

दावीकर्ता : सोताङ स्टार नामक फेसबुक पेज र रमेश गौतमको फेसबुक प्रोफाइल।

तथ्यजाँच : भ्रामक भिडियो। देवी प्रतिभाले पशुपतीनाथमा कथा वाचन गर्दा त्यस्तो घटना भएको छैन। पशुपतिनाथको दावी गरिएको भिडियो भारतको उत्तराखण्डस्थित कन्नौजको हो । त्यसैले सोताङ स्टार र रमेश गौतमले गरेको दावी भ्रामक छ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको