नझुक्किनुस्, राष्ट्रिय परिचयपत्र खारेज भएको होइन #Factcheck

नझुक्किनुस्, राष्ट्रिय परिचयपत्र खारेज भएको होइन #Factcheck

  • भाद्र १०, २०८१ सोमबार २१:३२

By Pravin Bhatta/NepalFactCheck.org


सर्वोच्च अदालतको आदेशले राष्ट्रिय परिचयपत्र खारेज भएको दावीसहित सामाजिक सञ्जालमा पोस्टहरु भाइरल भएका छन्। केही अनलाइन मिडियाले समेत राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको र राष्ट्रिय परिचयपत्र खारेज भएको समेत दावी गरेका छन्।

तर हाम्रो तथ्यजाँचमा उक्त दावी भ्रामक भएको पाइएको छ। राष्ट्रिय परिचयपत्र खारेज भएको नभई मुद्दाको टुङ्गो नलागेसम्म राज्यले प्रवाह गर्ने सेवा सुविधाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्नु भनेको हो। 

के हो दावी?

३ लाख ३९ हजार भन्दा बढी फलोअर रहेका नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय ले गत शनिबार (भदौ ८ गते) सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै एक पोष्ट गरे

यो तथ्यजाँच तयार पार्दासम्म यसमा १ हजार ६ सय वटा लाइक र १५२ वटा कमेन्ट छन् भने २४१ पटक उक्त पोस्ट सेयर भएको छ।

हेर्नुहोस स्क्रिनसट-

FireShot-Capture-023-Facebook-bhim-upadhyaya.png

यसैगरी “सर्वोच्च अदालतबाट राष्ट्रिय परिचयपत्र रोक्न अन्तरिम आदेश भएकाे छ” भन्ने दावीसहित पूर्ण ढकाल नामको फेसबुक प्रयोगकर्ताले आइतबार (भदौ ९ गते) बिहान पोस्ट गरेका छन्

उक्त पोस्टमा राष्ट्रिय परिचयपत्र बनाइसकेका मान्छेको खर्च भएको रकम भराउने र अनावश्यक निर्णय गर्नेलाई कारवाही हुनेगरी अन्तिम आदेश आउने हो कि होइन, प्रतीक्षाको विषय रहेको समेत उल्लेख छ।

सोही व्यहोरा लेखिएको फेसबुक पोस्ट विभिन्न फेसबुक ग्रुपमा समेत पोस्ट गरिएको छ भने अन्य प्रयोगकर्ताले समेत सोही व्यहोराको पोस्ट गरेका देखिन्छन्। 

यो तथ्यजाँच तयार पार्दा सम्म उक्त फेसबुक पोस्ट २४ पटक सेयर भएको छ।

हेर्नुहोस स्क्रिनसट

FireShot-Capture-024-राष्ट्रिय-परिचयपत्रका-बिरुद्धमा-६००-जनाभन्दा-बढी-नेपाली-कानून-व्यवसाय_-www.facebook.com_.png

‘नेपाल आवाज’ नामक अनलाइन मिडियाले पनि भदौ ७ गतेको समाचारमा “राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा नलैजान अन्तरिम आदेश जारी गरेको” दावी सहित समाचार प्रकाशन गरेको छ।

हेर्नुहोस अर्काइभ लिङ्क

गौतम कर्माचार्य नामक फेसबुक प्रयोगकर्ताले गएको शनिबार (भदौ ८ गते) फेसबुकमा एक पोष्ट गर्दै राष्ट्रिय परिचयपत्र खारेज भएको दावी गरेका छन्।  यो तथ्यजाँच तयार पार्दासम्म यसमा ८३ जनाले लाइक गरेका छन् भने १९१ पटक सेयर गरिएको छ।

हेर्नुहोस स्क्रिनसट

खारेज-को-दावी.png

त्यसैगरी सरकारले भर्खरै प्रतिबन्ध खुला गरेको टिकटकमा पनि यस्तै दावीसहितका सामग्रीमा थुप्रै सेयर र कमेन्ट भएको देखिन्छ।

उदाहरण १ 

उदाहरण २

के हो तथ्य?

गत शुक्रबारदेखि प्रकाशित भएका समाचार र फेसबुक पोस्ट हेर्दा शुक्रबार नै आदेश आएको बुझिन्छ। आदेशबारे थप बुझ्न हामीले सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेललाई सोध्यौं।

कुइँकेलका अनुसार अधिवक्ता रामबहादुर राउत समेत  प्रधानमन्त्री कार्यालय समेत विरुद्धको मुद्दामा अदालतले मिति २०८१ असार १० गतेको राजपत्रको भाग ५ बूँदा नं ‘क’ मा प्रकाशित “…नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नं…..” भन्ने व्यवस्थामा उल्लेखित सट्टामा भन्ने शब्द स्थगित गरेको हो।

साथै नेपाल सरकारबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्नु भन्ने अन्तरिम आदेश दिएको हो।

सो अन्तरिम आदेश गत शुक्रबार भदौ ७ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासले दिएको प्रवक्ता कुइँकेलले बताए।

हेर्नुहोस सर्वोच्च अदालतको आदेश-

court.jpg

के थियो राजपत्रमा?

२०८१ असार १० गते प्रकाशित राजपत्रको बूँदा नं “क” मा “नेपाल सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रमा  प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न” भन्ने व्यवस्था गरेको थियो। 

सर्वोच्च अदालतको अन्तरिम आदेशले सट्टामा भन्ने शब्द स्थगित गरेको हो।

हेर्नुहोस् राजपत्र

राजपत्रको-स्कृनसट.png

आदेशको असर के?

सर्वोच्च अदालतका प्रवक्ता कुइँकेलका अनुसार सट्टामा भन्ने शब्द अन्तरिम आदेशले स्थगित भएपछि अब  राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य छैन। अब नेपाल सरकारबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधामा नागरिकता वा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर जुन भए पनि हुने भएको हो।

सो आदेश मुद्दा अन्तिम टुङ्गो नलागेसम्म लागू हुने भएको हो। अन्तिम फैसला आएपछि भने सोही बमोजिम हुने प्रवक्ता कुइँकेलले बताए।

अतः सर्वोच्च अदालतको अन्तरिम आदेशले राष्ट्रिय परिचयपत्र खारेज गरेको वा लागू नगर्नु भन्ने आदेश गरेको होइन। सो आदेशमा अदालतले  राज्यले प्रवाह गर्ने सेवा सुविधाका लागि मुद्दाको टुङ्गो नलागेसम्मका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्नु भनेको मात्रै हो।

तथ्यजाँच

दावीः राष्ट्रिय परिचय पत्र खारेज, लागू नगर्न सर्वोच्च अदालतले आदेश दिएको।

दावीकर्ताः सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता तथा अनलाइन मिडिया।

तथ्यजाँचः भ्रामक सूचना। सर्वोच्च अदालतको अन्तरिम आदेशले राष्ट्रिय परिचयपत्र खारेज गरेको वा लागू नगर्नु भन्ने आदेश गरेको होइन। सो आदेशमा अदालतले  राज्यले प्रवाह गर्ने सेवा सुविधाका लागि मुद्दाको टुङ्गो नलागेसम्मका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्नु भनेको हो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको