कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने अन्नपूर्ण पोस्टको दाबी गलत #Factcheck

कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने अन्नपूर्ण पोस्टको दाबी गलत #Factcheck

  • भाद्र २९, २०८१ शनिबार १५:३७

  • यज्ञ खत्री, कुसुम रिमाल/NepalFactCheck

कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने दावी गर्दै अन्नपूर्ण पोस्ट  दैनिक र यसको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको छ। तर हाम्रो तथ्य जाँचले यो दाबी गलत रहेको देखिएको छ।

के छ दाबी ? 

२०८१ साउन २७ गते अन्नपूर्ण पोस्टको अनलाइन संस्करण र पत्रिकामा ‘कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने’ शीर्षकमा समाचार प्रकाशित भएको छ। उक्त समाचारको लिड लाइनमा ‘कर्णाली प्रदेशमै पहिलो पटक ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बीबीए पढाइ हुने’ उल्लेख छ।

समाचारमा ‘क्याम्ब्रिज बिजनेस कलेज सुर्खेतले बीबीएका लागि सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतमा बीबीए पढाइको सुरुवात गर्ने भएको’ उल्लेख छ।

हेर्नुहाेस अर्काइभ लिङ्क :

हेर्नुहाेस स्क्रिनसट :

यो समाचार अन्य अनलाइनहरूमा पनि छापिएको छ ।

कर्णालीमा पहिलो पटक सुर्खेतमा निजी क्षेत्रले बीबीए पढाइ सुरु गर्दै : नेपालीरैबार 

कर्णालीमै पहिलो पटक सुर्खेतमा बीबीए पढाइ सुरु  : ई–कर्णाली खबर

तथ्य के हो ? 

यो विषयमा तथ्य जाँच गर्न हामीले सुरुमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखा प्रमुख बलवीर सुनारलाई सम्पर्क गयौँ ।

उनले कर्णाली प्रदेशमै अहिलेसम्म मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)मा मात्रै बीबीए पढाई हुने कलेजका रूपमा शाखाको रेकर्डमा रहेको बताए । ‘अहिलेसम्म हाम्रो रेकर्डमा मुसोम मात्रै छ। अन्य कलेजहरू यो वर्षदेखि खुलेको भन्ने सुन्नमा आएको छ। तर हाम्रो रेकर्डमा अझै आइसकेको छैन।’

हामीले थप बुझ्नका लागि मुसोमका उपप्राध्यापक डिलु घिमिरेलाई सम्पर्क गर्‍यौँ। उनले २०७२ सालदेखि नै मुसोम सञ्चालनमा आएको र सोही वर्ष देखिनै बीबीए पढाई सुरु हुन थालेको बताए।

‘मुसोम स्थापनासंगै बीबीए पढाई हुन थालेको हो । अहिले ८ औँ ब्याचसम्म पास आउट भइसकेको छ,’ उनले भने।

हामीले थप बुझ्नका लागि मुसोमको आधिकारिक वेबसाइटमा गयौँ। उक्त वेबसाइटमा राखिएको सन् २०२० को वार्षिक प्रतिवेदनमा मै ८० जना विद्यार्थी भर्ना भएको सूचना फेला पार्‍यौँ।

हेर्नुहाेस स्क्रिनसट :


२०८१ साउन २७ गते प्रकाशित अन्नपूर्ण पोस्टको उक्त समाचारमा ‘कर्णालीका शैक्षिक अभियन्ताहरूको सक्रियतामा सुर्खेतको वीरेन्द्रनगरमा नयाँ खुलेको क्याम्ब्रिज बिजनेस कलेजमा बीबीए पढाइ थालनी हुने’ भनिएको छ।

उक्त समाचारमा ‘क्याम्ब्रिज बिजनेस कलेजका निर्देशक किरण बस्नेतले कर्णालीमै बीबीए कार्यक्रम सञ्चालन गर्न लामो समयबाट गरिएको प्रयास यो वर्ष सफल भएको बताएको’ उल्लेख छ।

हामीले थप बुझ्नका लागि क्याम्ब्रिज कलेजको आधिकारिक फेसबुक पेज पनि हेर्‍यौँ। यो पेज ४ अगस्त २०२४ मा बनाएको देखिन्छ।

हेर्नुहाेस अर्काइभ लिङ्क

अन्नपूर्ण पोस्टको समाचार र क्याम्ब्रिज कलेजको आधिकारिक फेसबुक पेज हेर्दा उक्त कलेज साउनदेखि सञ्चालनमा आएको देखिन्छ। तर त्यसअघि नै मोसुमले बीबीए पढाई गरिसकेको पुष्टि हुन्छ।

तथ्य जाँच 

दावी :  कर्णालीमा पहिलो पटक यो वर्ष बीबीए पढाइ हुने।

दावीकर्ता  : अन्नपूर्ण पोस्ट डटकम।

तथ्य जाँच : मिथ्या सूचना। अन्नपूर्ण पोस्टको समाचार र क्याम्ब्रिज कलेजको आधिकारिक फेसबुक पेज हेर्दा उक्त कलेज साउनदेखि सञ्चालनमा आएको देखिन्छ। तर त्यसअघि नै २०७२ सालमै मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले बीबीए पढाइ सुरु गरेको देखिन्छ।

(सिएमआर नेपाल जर्नलिज्म एकेडेमीले आयोजना गरेको ‘फ्याक्ट चेकिङ २०२४’ का सहभागीले प्रशिक्षणका क्रममा तयार पारेको तथ्य जाँच) 


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको