पत्रकार महासंघको मतदाता नामावली र निर्वाचन तालिका सार्वजनिक

पत्रकार महासंघको मतदाता नामावली र निर्वाचन तालिका सार्वजनिक

काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय ।
  • भाद्र ३०, २०८१ आइतबार ०१:३८

पटक पटक मिति घोषणा गर्दा पनि समयमै निर्वाचन गर्न नसकेको नेपाल पत्रकार महासंघले पुन:निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार चौथोपटक मिति घोषणा गरेको केन्द्रीय निर्वाचन समितिले शनिबार चुनावी कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि महासंघको निर्वाचन समितिले गत असार १२ गते पनि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । 

निर्वाचन समितिले आगामी असोज १२ मा एकैपटक तीनै तहको चुनाव गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिद्वारा जारी तालिका अनुसार असोज ४ गते विहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने छ । 

तर तर उम्मेदवार मनोनयन भने फरक फरक समयमा हुने छ । केन्द्रीय कार्यसमितिका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने प्रदेशको असोज ८ मा मनोयन दर्ता हुनेछ । यस्तै जिल्ला शाखाहरूको उम्मेदवारी दर्ता १० असोजमा हुनेछ । 

त्यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्नुपरेमा असोज ५ गते दिउँसो २ बजेसम्म गर्नुपर्नेछ भने मनोनयन फिर्ता लिन चाहेमा असोज ५ गते दिउँसो ४ बजे भित्र लिनु पर्ने छ । महासघले असोज ५ गते साँझ ६ बजे नै उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । 

महासंघका अनुसार १२ असोजमा  विहान ९ बजेदेखि अपराहन्न ३ बजेसम्म मतदान हुनेछ । चुनावपछि १२ असोजमा मतगणना हुनेछ । चुनावी कार्यतालिकासँगै निर्वाचन समितिले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । 

नेपाल पत्रकारमहासंघका मतदाताको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८